बागलुङ - बागलुङको जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२।०८३ का लागि ७५ करोड ४ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । नगरउपप्रमुख हरिहर शर्माले सोमबार १७ औं नगरसभामा नगरपालिकाको आगामी वर्षको अनुमानित बजेट प्रस्तुत गरेका छन ।
नगरपालिकाले सामाजिक विकास तर्फ ५ करोठ ४२ लाख १८ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । जसमा नगरले लिड बिद्यालय, जैमिनी संस्कारर शिक्षाका स्वास्थ्यका अन्य कार्यक्रम रहेका छन । जैमिनीकी छोरी कार्यक्रमलाई निरन्तरता र सुकुम्बासी मुक्त नगरपालिका घोषणा कार्यक्रम बजेट मार्फत सार्वजनिक भएका छन् । जैमिनीले किसान परिचयपत्र युक्त नगरपालिका घोषणा गर्न ८ लाख रुपैयाँ बिनियोजन गरेको नगर उपप्रमुख शर्माले जानकारी दिए ।
नगरपालिकाले कृषि तथा पशु सेवा तर्फ १ करोड ४६ लाख ६२ हजार रुपैयाँ विनियोजना गरेको छ भने मिसन रोजगारी, दिगो रोजगारी र उद्यमशिलता प्रर्वद्धन अभियानलाई आत्मसात गर्दै लघु उद्यम कार्यक्रमका लागि १४ लाख १६ हजार बजेट विनियोजन गरेको छ ।
नगरपालिकाले बिपन्न नागरीकको निशुल्क उपचारका लागि स्थापना गरेको “जैमिनी स्वास्थ्य उपचार कोष” बृद्धि गरेको छ । चालु आर्थिक बर्षको बजेट मार्फत २५ लाख रुपैयाँ जम्मा गरेर प्रारम्भ भएको कोषमा नगरले आगामि आर्थिक बर्षका लागि थप २५ लाख बजेट बिनियोजन गरेको हो ।
नगरले कोषमा योगदान गर्न चाहने सर्वसाधारणका लागि चालु आर्थिक बर्षबाट कार्यबिधि तयार गरेर खुल्ला गर्ने भएको हो । कोषलाई थप प्रभावकारी बनाईने उपप्रमुख शर्माले बताए । उपचार खर्चको अभावमा जैमिनीबासी कसैलाई पनि उपचारबाट बञ्चित नगर्नेगरी कोष बनाउन थालिएको हो ।
त्यस्तै नगरले स्वास्थ्य क्षेत्रको सुधारका लागि स्वयंसेविका प्रोत्साहन, स्वास्थ्य संस्थाका संरचना निर्माणदेखि स्वास्थ्य शिविरसम्मका कार्यक्रमका लागि बजेट बिनियोजन गरेको छ । जैमिनी नगरपालिकाले आगामि आर्थिक बर्षभित्रै नगरलाई बालमैत्री नगर घोषणा गर्ने भएको छ । बालमैत्री नगर तयार गर्न दुई करोड बजेट बिनियोजन भएको छ ।
पुर्वाधार विकास तर्फ ८ करोड ८२ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको छ भने वन वातावरण र भु संरक्षण तथा विपद व्यवस्थापनका लागि ६२ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको उपप्रमुख शर्माले जानकारी दिए । नगरपालिकाले सूसासन र संस्थागत विकास तर्फ ३९ लाख रुपैयाँ बजेट विनियोजना गरेको छ भने नगरभित्र कार्यान्वयन हुने विभिन्न अन्तर सम्बन्धित विषयहरुको कार्यान्वयका लागि २ करोड ८४ लाख रुपैयाँ विनियोजन गरिएको छ । नगरपालिकाले चालु प्रशासनि खर्च तर्फ ११ करोड ९५ लाख रुपैयाँ विभिन्न खर्च शिर्षकमा खर्च हुने गरी विनियोजन गरेको छ ।