कालिका भगवती आमा समुहको साधारण सभा सम्पन्न

  • भदौ ४, २०७९

बागलुङ- बागलुङ नगरपालिका–२ मा रहेको कालिका भगवती आवारोड आमा समुहको साधारण सभा शनिबार सम्पन्न भएको छ । महिला दिदिबहिनीहरुलाई सवल र सक्षम बनाउनका निम्ती स्थापना भएको आमा समुहको प्रथम अधिवेशन तथा सधारण सभा सम्पन्न भएको हो । 
साधारण सभामा बोल्ने अधिकाशं बक्ताहरुले आमा समुह माफर्त समाजका हरेक गतिविधिमा सहजता भएको बताएका थिए । उनिहरुले आमा समुहमा सहभागी महिला दिदि बहिनीहरु सामाजिक कार्यका साथमा समुह मार्फत वित्तिय कारोबारमा पनि पोख्त भएको बताएका थिए । 
कार्यक्रममा समुहका सल्लाहकार हरिप्रसाद आचार्य, गणेश लम्साल, समुहका सदस्य निर्मला बानिया क्षेत्री सापकोटा लगायतले आमा समुह समाज रुपमान्तरणको मार्गदर्शन बनेको बताएका थिए । कार्यक्रममा समुहका जेष्ठ नागरिक ओमकुमारी श्रेष्ठ र पार्वती रेग्मीलाई सम्मान गरिएको थियो । 
साधारण सभाले लक्ष्मी कुमारी शर्माले प्रस्तुत गरेको प्रगती प्रतिवेदन र कोषाध्यक्ष गुमा कुमारी आचार्यले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पास गरेको छ । सभाले अधिवेशनबाट नयाँ नेतृत्व गर्ने मिति भने पछि तोकेको छ ।  
२०७५ सालमा स्थापना भएको समुहले तिन वर्षको साधारण सभा एकै पटक गरेको हो । समुहमा हाल ४५ जना सदस्य कायम रहेका छन । समुहले हाल सम्म ३४ लाख ५९ हजार १ सय ७३ रुपैयाँ बराबरको कारोबार गर्दै आएको छ । भने हरेक सदस्यका लागि मासिक रुपमा पनि बचत गर्दे आएको समुहका सदस्य विष्णु कुमारी शर्मा लम्सालले जानकारी दिईन । 
कार्यक्रम समुहका अध्यक्ष यमुना रेग्मीको अध्यक्षता, उपाध्यक्ष मिठु कुमारी श्रेष्ठको स्वागत र सचिव लक्ष्मीकुमारी शर्माको संचालनमा सम्पन्न भएको थियो । 
 

प्रतिक्रिया