बागलुङ । बागलुङको काठेखोला गाउँपालिकाले मोवाईल एप्समार्फत कृषकलाई कृषी सूचना प्रदान गर्न थालेको छ ।
कृषी सूचना हरेक कृषकको पहुँचमा पुग्ने गरी गाउँपालिकाले ‘कृषी फर्म’ मोवाईल एप्स सञ्चालन गरे पछि कृषकहरु सूचना प्रणालीमा जोडिएका हुन । मोवाईल एम्स निर्माण, व्यवस्थापन र सञ्चालनको प्राबिधिक तथा आर्थिक सहयोग बिवाईसी बागलुङको व्यवस्थापनमा सञ्चालित हेफर इन्टरनेसनल परियोजनाले गरेको थियो ।
मोवाईल एप्स हरेक किसानले आफ्नो स्मार्ट फोनमा डाउनलोड गरी सञ्चालन गर्न सक्नेछन् । उक्त सेवा निःशुल्क हुने हेफरइन्टरनेसनलका कार्यक्रम संयोजक तारा पन्थीले जानकारी दिए । साना महिला किसानहरुमा कृषी सूचनाको पहुँच पुर्याउने उद्देश्यले मोवाईल एप्स सहयोग गरेको उनले बताए ।
परियोजनाले गाउँपालिकाको पशु तथा कृषी शाखामा रहने ‘किस्का मेसिन’ हस्तान्तरण गरेको छ । उक्त मेसिनमा कृषी फर्म मोवाईल एप्स जडान गरिएको छ ।
किसानले मोवाईल एप्समार्फत कृषी फर्म एप्समा रहने कृषी विज्ञ तथा गाउँपालिकाको विषयगत शाखासँग समन्वय गरी सूचना प्राप्त गर्न सक्नेछन् ।
सूचना पविधिबाटै खेतिपाति गर्ने तरिका, रोगकिराबारे जानकारी पाउन, मौषम अनुसारको खेतिपाति गर्न सहज बनाउने हेफरइन्टर नेशनलका कार्यक्रम संयोजक तारा पन्थीले जानकारी दिए ।
मोबाईल एसएमएस सेवाबाट किसानहरुले घरमै बसेर मौषम र कृषी सम्बन्धी जानकारी पाउनेछन । किसानहरले सहजै मौसम, कृषी उत्पादनको सूचनासँग जोडिन सक्नेछन । बाली लगाउने सही समय, मल व्यवस्थापन, सिञ्चाई बाली विरुवाको सत्रु तथा तिनको रोकथाम जस्ता कुराहरु मोवाईल एप्सबाट थाहा पाउन सकिने छ ।
गाउँपालिकाले सञ्चालन गरेको एप्समा काठेखोलाका ४६९ जना कृषक जोडिएका छन् । कृषकहरुको व्यक्तिगत तथा खेतीबालीको विवरण एप्समा समावेश गरिएको बिवाईसी बागलुङका अध्यक्ष मणीभद्र शर्माले बताए ।
किसानले आफ्नो मोबाईस एम्पसमार्फत विज्ञ केन्द्र वा स्थानीय तहको पालिका केन्द्रमा घरबाटै आफ्नो अन्नबालीमा लागेको रोग, किरा तथा पशुमा लागेको रोगबारे जानकारी दिएर आवश्यक विज्ञ सुझाव सल्लाह प्राप्त गर्नेछन् ।
प्राबिधिकहरुले कुन क्षेत्रमा कस्ता बाली लगाउने, कति मल छर्ने, कस्तो बालीमा कस्तो खालको रोग किरा लाग्छ र कसरी रोकथाम गर्ने लगायतका सन्देश कृषकको मोवाईलमा एप्समार्फत पुग्नेछ । घरमै बसीबसी मोवाईलबाटै कृषी सन्देश लिन पाईने र बर्षातको समयमा कति बर्षा भयो, खेतवारमिा जान मिल्ने छ की छैन भन्ने कुरा थापा पाउनेछन ।
पढ्न र लेख्न नसक्ने किसानको लागि भीडियो र अडियो सेवा व्यवस्थापन गरिएको छ । हेफर इन्टरनेशनल नेपाल साना किसानको दीगो विकामा सघाईरहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो । कृषी सूचना प्रणालीमा सबै कृषकलाई जोड्ने गरी अभियान सञ्चालन गर्ने काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले बताए ।
कृषकको समय र पैसाको बचत गर्ने विषयमा गाउँपालिका सचेत छ’ उनले भने–‘घरमै बसेर समस्या समाधान गर्न सक्ने गरी पहल गछौँ ।’