पार्टीले युवालाई बिश्वास गरेमा स्थानिय तहको नेतृत्व लिनलाई तयार छन

  • चैत २९, २०७८

सुजन सापकोटा-  आउदै गरेको स्थानिय तहको चुनाबमा विभिन्न  जनप्रतिनिधिको पदमा उम्मेदवार दर्ता गर्ने होडबाजी लचिरहेको छ । कोहि स्वतन्त्र रुपमा त कोहि विभिन्न पार्टि मार्फत । स्थानिय तह यस्तो विस्वासीलो सरकार बन्न पुग्यो कि नेपाल सरकारका पुर्व मन्त्री सम्म भएका ब्यक्तिहरुको इच्छा मेयर ,उपमेयरमा देखिन्छ । अहिले विभिन्न पार्टिबाट उम्मेदवार बन्ने इच्छा राखेका ब्यक्तिहरुमध्ये ३०५ युवाहरु देखिन्छन् । १८ बर्ष देखि ४० बर्षको समयमै आफुसँग भएको क्षमता प्रयोग गरेर बिकाशमुखी योजनाको नेतृत्व गरि नगरप्रमुख ,उपप्रमुख गाउँपालिका अध्यक्ष उपाध्यक्ष बन्नको लागि अहिलेका युवाहरु तयार छन, तर विडम्बना अघिल्लो स्थानिय तहका प्रतिनिधि हेर्ने हो भने ५० बर्ष काटेकै धेरै देखिन्छ ,लामो समय पार्टिमा आफ्नो जीवन बिताएका ब्यक्तिले उम्मेदवार बन्न चाहनु स्वभाविक नै हो  तर हामिले सोचे बमोजिमको संघीयता कार्यान्वयन भएर काम भएको छ कि नाइ त्यसबाट आउने नतिजा हामिले प्राप्त गर्न सकेउ वा सकेनौ यो प्रश्न हामी सँग रहन्छ।

काम गर्ने उमेर, सोच्न सक्ने,योजनालाइ परिवर्तन गर्न सक्ने उमेर नै युवा अबस्था हो, अन्य देशको नेतृत्व हेर्ने हो भने हामी धेरै पछि छौ, असल ब्यक्ती राजनीतिमा आयर देशको मुहार फेर्न चाहना राखे पनि कुनै न कुनै पार्टीमा आबद्द हुनै पर्दछ अनि त्यही पार्टिको पद्धति चाहिँ जो पैसा वाला छ ,जो नेताको आशपास लागिरहन्छ त्यही हेरेर टिकट बितरण गरिन्छ अनि कहाँ हुन्छ बिकास अनि कसरी चल्दछ युवाका संकप हरुरु

नेपालको सन्दर्भमा हेर्ने हो भने नेपाली काङ्ग्रेस ,नेकपा एमाले,नेकपा माओवादी केन्द्र पार्टी ले नै धेरै समय सत्तामा बसेर काम गरिरहेका छन ,तिनै पार्टिका उम्मेदवार फेरि ५० बर्ष माथिकै हेरेर दिने गरिन्छ ,जो युवा उमेरले परिपक्क,बौद्धिक ,समाजसेवी, योजनाबादी,काम गर्ने तत्पर रहेको छ तर उसलाइ त्यही पार्टीको टिकटले नै बाझिरहेको छ ,नेपाली जनता फेरि यो त्यो जो सुकै उठे पनि आफ्नो मात्रृ पार्टी छाडेर कमैले भोट हाल्ने उदाहरण छ ।

परिवर्तन गर्ने बेला आयको छ ,स्थानिय सरकार साच्चिकै जनतालाइ संघीयता को महसुस र गाउँगाउमा सिहदरबारको त्यो अनुभूति दिलाउने माध्यम हो ,त्यो ठाउको नेतृत्व अब परिपक्क युवाले गर्नुपर्छ भन्ने हाम्रो बिचार हो । जनताको दुख सुख आफ्नै सम्झेर ,निरन्तर बिकाश र राजनीतिलाई सहकार्य गर्दै सबैले आफ्नो स्थानिय तहलाइ नमुना बनाउने हो भने किन देश बिकाश भयन भनेर प्रश्न गर्नु पर्थ्यो ररु

अब जुन सुकै पार्टीले पनि युवाहरुलाइ अगाडि बढाउनु आबस्यक छ , जो ब्यक्तिले समयमा काम गर्ने पाउछ नि त्यसको क्षमता को उपयोग त्यही बेला नै हुने हो । हरेक पार्टिका करिब १५(२०५ सदस्यहरु युवा नै छन ३० बर्ष मुनिका त्यस्तै २०(२५५ छन ३०(४० बर्ष सम्मका अनि किन पाउन सक्दैनन तिनिहरुले टिकटरु

के पैसा भयको ले मात्र टिकट पाउने हो भने,बैचारिक कार्यक्रम ,बौद्धिकता,क्षमता,योजना ,भिजनको छलफल किन चलाउनु पर्यो ,हिम्मत गरेर काङ्ग्रेस, एमाले ,माओवादी लगायत अन्य पार्टिले पनि कम्तिमा ४०(५०५ स्थानिय तहको टिकट युवा साथिलाइ दिवोस त नेपालको भष्ट्रचार आधा मात्र हैन राष्ट्रिय जिडिपी पनि त्यही मात्रमा बढ्दछ। युवाहरुलाइ अग्रज नेताहरुले राजनीतिको परिभाषा नै बिगार्दिय अब त्यसको परिबर्तन ,परिमार्जन केबल युवाहरुलाई  नेतृत्व गरि काम गरेर अगाडी बढ्ने मौका दिनु पर्दछ।

हरेक पार्टिमा धेरै युवा साथिहरुलाइ जो आफ्नो अध्ययन लाई सकेर समाजमा केही गर्नुपर्छ भनेर लाग्नु भएको छ उहाँहरु नेतृत्वमा आउन चाहनुहुन्छ तर पार्टीबाट टिकट मिल्दैन अनि स्वतन्त्र लड्दा त्यही कार्यकर्ताको मत आउदैन , बदलौ पद्धति अग्रजबाट सरसल्लाह लिऔ अनि आफुले नेतृत्व गरेर आफ्नो क्षमता प्रयोग गरौं भन्दा पनि मौका नमिलेको देखिन्छ।

त्यसैले साच्चिकै हरेक पार्टीले देश बिकाशका नाराहरु र घोषणा पत्र जारी गर्दा युवा मुखी कार्यक्रम भनेर हैन टिकट दियर नै युवाहरुलाइ नेतृत्व दिने हो भने हामिहरु जिम्मेवारि लिन पनि तयार छौ र काम गर्न पनि सक्षम छौ। लेखक नेविसंघका नेता हुन । 

प्रतिक्रिया