• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • समाज ,
  • अर्थतन्त्र

‘बलेवा विमानस्थल तत्काल संचालन गर्नुपर्दछ’

  • जेठ २२, २०७९

बागलुङ- बागलुङको बलेवा विमानस्थल संचालनका लागि कालोपत्रे पनि झण्डै तिन महिना पुरान हुन लागि सक्यो । कालेपत्रे भएको विमानस्थलमा जहाज कहिले देखी संचालन हुने त्यो अन्यौलमा छ । आइतबार विमान स्थल संचालनका लागि विज्ञ टोलीसँग सरोकारवालाको छलफल भएको छ । छलफलमा बोल्ने अधिकांश वक्ताले बलेवा विमानस्थललाई तत्कालै संचालन गर्नु पर्नेमा जोड दिएका छन् ।

उनीहरुले विमानस्थललाई अरु कुनै विकल्पमा राख्न नहुने भन्दै विमान संचालनका लागि वातावरण तयार गरिनु पर्ने बताएका थिए । विमानस्थल संचालनका विषयमा सुझाव संकलन र अवलोकनका लागि काठमाण्डौबाट आएका विज्ञ टोली प्रमुख डाक्टर जनक शाहले विमानस्थल संचालनका लागि तयार भएको हुँदा यहाँ छिट्टै नै विमान संचालन हुनु पर्ने धारणा राखेका थिए । 

उनले विमानस्थल संचालनका लागि राज्यले ठूलो लगानी गरि सकेको भन्दै यहाँ विमान संचालन नभए लगानीको प्रतिफल पाउन नसक्ने बताइ , हामीले विमानस्थलमै पुगेर त्यसको अवलोकन ग¥यौँ, कालोपत्रे भइसके छ, रंगरोगन गरेर सिंघारिएको रहेछ, यसले विमान कतिबेला आउँछ भनेर कुरि रहेको छ, उनले भने ‘राज्यले यति ठूलो लगानी गरेको छ, अब यहाँ जहाज चलाउननै पर्छ, यति चलेन भने लगानीको प्रतिफल शून्य हुन्छ ।’

बागलुङ नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष चक्र बहादुर खत्रीले विमान संचालनको विकल्प नभएको बताए । उनले अहिलेसम्म ठूलो लगानी भइसकेको भन्दै अब जहाज संचालनमा ल्याउनु पर्नेमा जोड दिए । अध्यक्ष खत्रीले विमान संचालनपछि यस क्षेत्रको मुहार फेरिने समेत बताए । उनले  कालिगण्डकी करिडोर पनि अब छिट्टनै कालोपत्रे हुने र बागलुङ बजारदेखि विमानस्थलसम्म पुग्ने सडक सहज बन्ने भन्दै यात्रुको कमी नहुने बताउँछन । 

‘ठूलो समस्या धावनमार्ग कच्ची हुँदा थियो, अब अहिले कालोपत्रे भएर चटक्क परेको छ, यहाँसम्म पुग्ने सडकको हो समस्या कालिगण्डकी कोरिडोरको पनि छिट्टैनै कालोपत्रे हुने छ,’ उनले भने अब पहिलेको जस्ता समस्याहरु छैनन्, केही स–साना समस्याहरु छन्, ति सबै विस्तारै समाधान हुने छन्, विमान संचालनमा अब ढिलाई गर्नु हुँदैन ।

अध्यक्ष खत्रीले विगतमा धेरै चुनौतिका बाबजुत पनि विमान संचालन भएको भन्दै अब त्यस किसिमका समस्याहरु कम हुँदै गएको र यस क्षेत्रका आम नागरिकले विमान संचालनको प्रतिक्षा गरि रहेको बताउनुहुन्छ । उनले विमान संचालनपछि बागलुङका पर्यटकीय क्षेत्रहरु आन्तरिक तथा बाह्य पर्यटकहरुले भरिभराउ हुने र स्थानीयले रोजगारको अवसर पाउने बताए । 

बागलुङ नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष नारायण शर्मा पौडेलले विगतमा भाडदर अस्वभाविक हुँदा नियमित संचालन हुन नसकेको भन्दै अब भाडा समायोजन गर्ने र नियमित विमान संचालनमा लाग्नु पर्नेमा जोड दिए । उनले विमान संचालन हुन नसक्ने समस्या मध्ये भाडानै बढी भएको भन्दै सबै पक्षले यसको समस्या समाधान गरे नियमित विमान संचालन गर्नु पर्ने बताए । 

‘यस अगाडी विमान नियमित संचालन नहुनुमा धेरै कारणहरु छन्, त्यस मध्ये भाडा दर बढी हुनु पनि एक हो, भाडादर सुहाउँदो हुनुपर्छ, यस बारेमा सर्वसाधारको गुनासो धेरैनै थियो,’ अध्यक्ष पौडेलले भने ‘धावनमार्ग पनि निकै राम्रो भएको छ, अब भाडा समायोजन गरौँ, सबै निकायलाई घचघचाउँ र नियमित उडान सुरु गरौँ ।’

२६ वर्षदेखि बन्द अवस्थामा र विमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत ९ गतेबाट पुनः सञ्चालनमा आएको थियो । धावनमार्ग कच्ची, यात्रु संख्या कम हुँदा धेरै समय संचालन हुन सकेको थिएन ।

प्रतिक्रिया