बागलुङ - बागलुङ जिल्लामा गत आर्थिक वर्ष २०८१।०८२ मा कुल १ अर्व ३३ करोड बढि रकम फ्रिज भएको छ । जिल्लामा संघिय सरकार प्रदेश सरकार र स्थानिय सरकारबाट विनियोजन भएको रकम मध्ये कुल १ अर्व ३३ करोड ८० लाख ४२ हजार ६९ रुपैयाँ ११ पैसा रकम खर्च हुन सकेको छैन ।
जिल्ला समन्वय समिति बागलुङले आर्थिक वर्ष २०८१।०८२ को बार्षिक समिक्षा पछि आयोजना गरेको पत्रकार सम्मेलन मार्फत सो कुरा जानकारी गराईएको हो ।
जिल्लामा तिन तहका सरकारले विनियोजन गरेको कुल १२ अर्ब ४७ करोड ८५ लाख ८१ हजार ३८५ रुपैयाँमा कुल ११ अर्ब १४ करोड ५३ लाख ९ हजार ३१६ रुपैयाँ मात्र खर्च भएको छ ।
संघिय सरकारबाट उपलब्ध बजेट मध्ये चालु तर्फ कुल ८ अर्व २३ करोड ५५ लाख ९९ हजार ४५ रुपैयाँ विनियोजन भएको थियो जसमा कुल ७ अर्ब ५८ करोड ५३ लाख ७७ हजार ९४७ रुपैयाँ ४९ पैसा मात्र खर्च भएको छ । चालु तर्फ कुल विनियोजन भएको ९२ प्रतिशत मात्र खर्च भएर कुल ६५ करोड २ लाख २१ हजार ९७ रुपैयाँ ५१ पैसा फिर्ता भएको जिल्ला समन्वय समिती बागलुङका प्रमुख अमर बहादुर थापाले जानकारी दिए ।
संघिय सरकारबाट प्राप्त बजेटमा नै पुँजीगत तर्फ २ अर्व ५ करोड ५ लाख २७ हजार ३४० रुपैयाँ विनियोजन भएकोमा १ अर्ब ६९ करोड ३९ लाख ४९ हजार १४१ रुपैयाँ खर्च भएको छ । यसमा कुल रकमको ८३ प्रतिशत रकम खर्च भएर कुल ३५ करोड ६५ लाख ७८ हजार १९८ रुपैयाँ रकम फिर्ता भएको छ ।
जसमा संघिय सरकारको कुल १० अर्ब २८ करोड ६१ लाख २६ हजार ३८५ मा कुल ९ अर्व २७ करोड ९३ लाख २७ हजार ८८ रुपैयाँ खर्च भएको छ । संघिय सरकारबाट निकासा भएको बजेटमा कुल १ अर्ब ६७ लाख ९९ हजार २९६ रुपैयाँ रकम फिर्ता भएको छ ।
जिल्लामा प्रदेश सरकारबाट प्राप्त कुल २ अर्ब १९ करोड २४ लाख ५५ हजारमा १ अर्ब ८६ करो १२ लाख २२७ रुपैयाँ खर्च भएको छ । जसमा चालु तर्फ कुल विनियोजन भएको रकमको ७५ प्रतिशत र पुँजीगत तर्फ ९१ प्रतिशत रकम खर्च भएको तथ्याङ्क रहेको छ ।
आ.व. २०८१।०८२ मा जिल्लाको सवै भन्दा ठुलो नगरपालिका बागलुङ नगरपालिकाले ९४ प्रतिशत भौतिक प्रगती गरेको छ भने ७७ प्रतिशत योजना तथा कार्यक्रमको वित्तिय प्रगती गरेको छ । त्यसैगरी चालुतर्फबो वित्तिय प्रगती ८४.८१ प्रतिशत रहेको छ । त्यसैगरी जैमिनी नगरपालिकाले ९३ प्रतिशत भौतिक प्रगती, पुँजीगतमा ६३.१२ प्रतिशत र चालु तर्फ ८९.८८ वित्तिय प्रगती गरेको जिल्ला समन्वय समिति बागलुङका समन्वय अधिकारी कृष्णराज गौतमले जानकारी दिए ।
गत आवमा गलकोट नगरपालिकाले ८३ प्रतिशत काठेखोला गाउँपालिकाले ८९.२७ प्रतिशत, बरेङ गाउँपालिकाले ९४.३९ प्रतिशत भौतिक प्रगती गरेका छन । त्यसैगरी ताराखोला गाउँपालिकाले ८५.८८ प्रतिशत, बडिगाड गाउँपालिकाले ८६ प्रतिशत, तमानखोला गाउँपालिकाले ८२.४२ प्रतिशत र निजीखोला गाउँपालिकाले ८३.२३ प्रतिशत भौतिक प्रगती गरेको छ । जिल्लाको ढोरपाटन नगरपालिका भने समिक्षा कार्यक्रममा सहभागी भएको थिएन । तर ढोरपाटनको कुल खर्च भएको रकम भने एकमुष्ट समावेश भएको उनले जानकारी दिए ।
जिल्लास्थित सरकारी कार्यालय मध्ये शिक्षा विकास तथा समन्वय इकाई बागलुङ र ढोरपाटन सिकार आरक्षले सत प्रतिशत भौतिक प्रगती गरको छ भने पुँजीगत तर्फ ९८.९५ प्रतिशत र चालु तर्फ ८०.९९ प्रतिशत प्रगती गरेको छ । त्यसैगरी सधन सहरीले ९० प्रतिशत, सडक डिभिजनले ९६.३३ प्रतिशत, खाद्यप्रविधिले ७७.९ प्रति राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन इकाइले ९१.३ प्रतिशत भौतिक प्रगती गरेको समन्वय समितिको कार्यालयले जनाएको छ ।
जिल्लामा राष्ट्रिय गौरवका आयोजनाको रुपमा रहेका कालिगण्डकी कारिडोर आयोजना सडक योजनाले ७९.८६ प्रतिशत भौतिक प्रगती पुँजीगत तर्फ ९३.५७ प्रतिशत र चालु तर्फ ९८.४४ प्रतिशत प्रगती गरेको छ । त्यस्तै सालझण्डी ढोरपाटन सडक आयोजनाले भौतिक प्रगती सत प्रतिशत गरको छ भने चालु तर्फ ८४.९ प्रतिशत र पुँजीगत तर्फ ९९ प्रतिशत प्रगती गरेको जनाएको छ । राष्ट्रिय गौरवकै आयोजना मध्ये मध्यपहाडी राजमार्ग योजनाको कुल ९८ प्रतिशत भौतिक प्रगती भएको छ भने ९७.७४ प्रतिशत पुँजीगत र ९९.१५ प्रतिशत चालु खर्च गरेको समन्वय समितीका सूचना अधिकारी दुर्गा प्रसाद शर्माले जानकारी दिए ।
जिल्लाबाट १ अर्व भन्दा बढि रकम खर्च हुनु समयमा काम सुरु नहुनु र समन्वयको अभाव रहको जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले बताउँछन ।
प्रदेशतर्फ चालुतर्फ २५ प्रतिशत र पुँजीगततर्फ ९ प्रतिशत बजेट फ्रिज भएको देखिएको छ । यसको कारण नियमित अनुगमन नहुनु र ठेक्कामा बढि रोकम छाड्ने हुँदा समग्र जिल्लाको बजेट फ्रिज भएको बढि देखिएको हो । बजेट विनियोजन भएको छ, ठेक्का प्रक्रियाबाट जाँदा कम रकममा योजना सम्झौतामा पुग्छ यसले गर्दा बढि नै रकम फ्रिज भएको देखिन्छ प्रमुख थापाले भने ।
जिल्लाका दश वटै स्थानिय तह सरकारी कार्यालय र संघसंस्थाको संयक्त रुपमा समिक्षा कार्यक्रममा कार्यालयहरुले आफ्नो प्रगतीसँगै कार्यसम्पादनमा आएका चुनौतीहरु पनि प्रस्तुत गरेका थिए ।