गाँजा खेतीलाई बैध गर्नुपर्छः मन्त्री कंडेल

  • चैत १९, २०७८

बागलुङ- गण्डकी प्रदेश सरकारका पर्यटनm उद्योग बाणिज्य तथा अपुर्ति मन्त्री मणिभद्र शर्मा कंडेलले  ग्रामिण भेगमा उत्पादन हुने गाँजा खेतीलाई बैध गर्नुपर्ने बताए । उनले औषधीय गुण भएको गाँजालाई बैध बनाएर औषधी उत्पादन क्षेत्रमा निर्यात गर्न सकेमा देशमा अर्थतन्त्र भित्रिने बताए । बागलुङ उद्योग वाणिज्य संघको ५८ औं वार्षिक साधारणसभा उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री कंडेलले स्तरमा उत्पादन भएको कोदोको लोकल रक्सी (घरेलु मदिरा) तथा लागु औषधको रुपमा मानिदै आएको गाँजा बैध गर्नुपर्ने बताए । ‘राज्यले बरु निश्चित करको दायारामा ल्याउनुपर्दछ मन्त्री कंडेलले भने,–‘स्थानिय उत्पादनलाई जोड दिनुपर्दछ अवैध मानिएकालाई पनि उचित कानुन बनाएर बैध गरायौं भने बल्ल देशको अर्थतन्त्र बढाउन यसले मद्धत पु¥याउँछ अनि बल्ला समृद्ध राष्ट निर्माणमा सहयोग पुग्दछ ।’
उनले विदेशी मदिराले बजार ढाकेको समयमा लोकल मदिरालाई मात्रै बन्देज लगाउन नहुँन र नागरिकको जीवनस्तर संग जोडिएको घरेलु मदिरा र गाँजालाई बैध बनाउन सकेमा नागरिकको जीवन स्तरमा परिवर्तन आउने र गाउँको विकास बताए । उनले अर्थतन्त्र बलियो बनाउन पर्यटन व्यवसायलाई अन्य क्षेत्र संग जोडेर अगाढी वढ्नुपर्ने बताए ।  कंडेलले सरकार र निजी क्षेत्र सँगको सहकार्यबाट नै विकास र समृद्धि संभव हुने र  देशको आर्थिक विकास र समृद्धिका लागि आन्तरिक र बाह्य लगानी आकर्षण गर्नुपर्नेमा जोड दिए । उनले बागलुङमा भएका प्राकृतिक स्रोतसाधनको पहिचाहन र परिचालन गरेर समृद्ध बनाउन सवै क्षेत्र मिलेर अगाढी वढ्न आवश्यक रहेको बताए । 
कार्यक्रममा  राष्ट्रिय भूमि आयोग बागलुङका अध्यक्ष धर्म वहादुर कुवर, नेपाल उद्योग वणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजीव बहादुर कोइराला ,नेपाली कांग्रेसका सभापति जीत शेरचन नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका उपाध्यक्ष एवं बागलुङका संयोजक ज्ञामनाथ गैरे अनिल ,नेकपा एकीकृत समाजवादी पार्टी बागलुङका अध्यक्ष लालबहादुर थापा ,राप्रपाका जिल्ला उपाध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ,जनता समाजवादी पार्टीका प्रदेश सदस्य भक्त वहादु रसाइली, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कुबिर श्रेष्ठ, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष गोपि अधिकारी, कपडा तथा फेन्सी व्यवसायी समितिका अध्यक्ष रामचन्द्र शर्मा ,महिला उद्यमी विकास समितिका अध्यक्ष भगवती केसी लगायतले राज्यले व्यवसायीलाई लगानी मैत्री वातावरण सिर्जना गर्नुपर्ने बताएका थिए । 
संघले आफ्नो साधारणसभाको अवसरमा ५ जना ब्यबसायी लाई सम्मान गरेको थियो । व्यवसायी दुर्गा श्रेष्ठ ,कृष्ण मल्ल ,ओम प्रकाश गौतम ,रन्जिता श्रेष्ठ ,शोभा शर्मा र कपडा तथा फेन्सि व्यवसायी समितिलाई सम्मान गरिएको हो । संघले स्थापना गरेको पत्रकारिता पुरस्कारबाट माउन्टेन टेलिभिजनका बागलुङ सम्वाददाता सुवास आचार्यलाई नगद सहित दोसल्ला र प्रमाणपत्रबाट सम्मान गरिएको थियो ।
संघको साधारणसभामा धौलागिरी बहुमुखी क्याम्पस बागलुङबाट ब्यबस्थापन संकाय तर्फ सर्बोत्कृष्ट अङ्क प्राप्त गर्ने सुदीप सागर कँडेललाई सम्मान गरिएको थियो । त्यस्तै बागलुङ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष श्याम श्रेष्ठले स्थापना गरेको तारा अवार्ड बाट बागलुङका ब्यबसायी यमप्रसाद कडेल र सिद्व भैरव ग्रुप प्रालि गलकोटलाई सम्मान गरिएको थियो ।

बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले आफ्नो ३ बर्षिय कार्यकालमा कोरोनाको कारणले गर्दा राम्रोसँग काम गर्न नपाएको बताएका थिए । उनले कोरोनाको खोप ब्यवसायी लाई लगाउनका लागि आफुले भुमिका खेलेको कारणले अहिले सहज वातावरण भएको अध्यक्ष राजभण्डारीले बताए ।  स्थानीय तहले ब्यापारी ब्यबसायी माथि लगाउदै आएको ब्यबसायी कर चर्को भएको हुनाले त्यसमा पुनरबिचार हुनुपर्ने अध्यक्ष राजभण्डारीको भनाई थियो । 

कार्यक्रम अध्यक्ष राजभण्डारीको अध्यक्षता वरिष्ठ उपाध्यक्ष उमाकान्त शर्मा बावुको धन्यवाद मन्तव्य र महासचिव नरेश कँडेलको संचालनमा सम्पन्न भएको थियो ।
 

प्रतिक्रिया