• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • राजनिति ,
  • बिचार/ब्लग

गठबन्धनकै लागि बोतलको पानी बिर्कोमा खनाउनुपर्ने ?

  • असोज १, २०७९

सुजन सापकोटा -  प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको पुर्व तयारीमा सम्पूर्णदलहरु आ-आफ्नो तरिका बाट लागिरहेका छन असोज ३ गते सम्म समानुपातिक तर्फको नाम लिस्ट वा बन्द सुची निर्वाचन आयोगमा बुझाउनु पर्ने हुदा दलका शिर्ष नेताहरुलाई सकस परेको छ भने देश भरि बाट पार्टीको उम्मेदवार सिफारिस भएर आएका नेताहरु घर दैलोमा चाकडी गर्ने प्रतिस्पर्धा चलिरहेको छ  ।

लोकतन्त्र स्थापना भएपछी पनि  निरन्तर जनताको काममा खटिने नेतृत्व लाइ टिकट दिने भन्दा ब्यापारी ,चाकडी अनि परिबारबाद लाई टिकट दिने पद्दति सबै दलहरुमा देखिएको छ जसले गर्दा स्वतन्त्र उम्मेदवारको हावी भएको छ । 
देशमा अहिले ५ दलीय गठबन्धन बिगत डेड बर्ष अघिबाट सरकारको नेतृत्व पनि गरिरहेको र स्थानीय तहको निर्वाचन गठबन्धन बाटै सहकार्यमा सम्पन्न भएको छ  ।  अबको प्रतिनिधि सभाको चुनाबमा पनि नेपाली काँग्रेस , नेकपा माओवादी केन्द्र , नेकपा  एस , जसपा र राष्ट्रिय जनमोर्चा गठबन्धन बाट नै जाने अभियानमा बिगत १ महिना अगाडीबाट सिटबाडफाडको लागी  नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद सिटौलाको नेतृत्वमा गठन भएको समिति  निरन्तर बैठक बस्दा पनी अझै टुंगोमा पुगेको छैन ।

आआफ्नो दलहरुले बढी भन्दा बढी सिटको माग गर्दा कुरा सहमतिमा जान सकेको छैन करिब ११० क्षेत्रको सिटमा सहमति जुट्दै गर्दा अनौपचारिक रुपमा बागलुङ जिल्ला दुवै नेपाली कांग्ग्रेसले गुमाउनु पर्ने अबस्था शिर्ष नेताबाट सुन्नमा आएको पाइन्छ । विगत ३० बर्ष अघिबाट जिल्लामा करिब ४५.५ मतदाता रुखमा भोट हाल्दै आएको जिल्ला बागलुङ , २०७० सालको संबिधान सभा निर्वाचनमा ३ वटा क्षेत्र नै विजय हासिल गरेको काँग्रेस दुवै क्षेत्र गठबन्धनको नाममा क्षेत्र १ राष्ट्रिय जनमोर्चा र क्षेत्र २ नेकपा माओवादी केन्द्रलाई बोकेर जिताउनु पर्ने अबस्था प्रति आम कार्यकर्ता चिन्तित तथा बिद्रोह गर्ने अबस्थामा रहेका छन्  । २०७४ सालमा बाम गठबन्धन हुदा पनि १० पालिका मध्ये २ नगरपालिका तथा २ गाउपालिका प्रमुख र अर्को थप १ पालिकाको उपाध्यक्षमा सफलता हासिल गरेको कांग्ग्रेस आफै एकलएकल लड्दा पनि पहिलो मतदाता भयको पार्टी  हो  ि२०७४ को बाम गठबन्धन बाट बाग्लुंग क्षेत्र १ मा एमाले र क्षेत्र २ मा नेकपा माओवादी केन्द्रले नेतृत्व गरेको थियो त्यति हुदा पनि नेपालि कांग्ग्रेसले कडा प्रतिस्पर्धामा कम मतान्तर बनाएको थियो ।

बागलुङ क्षेत्र १ का स्थानीय निर्वाचन २०७४ मा बाम गठबन्धन ले २७३११ मत प्राप्त गर्दा नेपालि कांग्ग्रेस ले २३१०५ प्राप्त गरेको थियो जसको अन्तर ४२०६ मात्र रहेको थियो । सम्पूर्ण पार्टी एकातिर हुँदा पनि काङ्ग्रेस प्रमुख प्रतिस्पर्धामा समानान्तर मत ल्याउन सक्ने पार्टी बागलुङमा रहेको छ । त्यस्तै प्रतिनिधि सभा निर्वाचनमा क्षेत्र १ क मा बाम गठबन्धनबाट १७९९५ हुदा कांगेस को ११९८९ रहको थियो त्यस्तै क्षेत्र १ ख मा बाम गठबन्धन १५३३६ हुदा काङ्ग्रेस ९०९४ मत थियो । प्रतिनिधि सभामा बाम को मत ३३५५७ हुदा काङ्ग्रेस २०६१६ ल्यायको थियो  । बिगत ५ बर्षमा २३५ मतदाता थपिदै गर्दा अहिले क्षेत्र १ मा काङ्ग्रेस को मात्र मतदाता २५००० रहेका छन् । जसमा अहिले गठबन्धनले सुम्पिन थालेको जनमोर्चाको ९ हजारको हाराहारीमा छ  ित्यस्तै २०७४ को निर्वाचनमा बागलुङबाट  नेपाली काँग्रेस समानुपातिकको पहिलो पार्टी बनेको हो  ।

प्रतिनिधि तर्फ ३५ हजार छ सय ६८ मत थियो  भने दुवै क्षेत्र गरेर राजमो को १५ हजार ९ सय ३४ मत रहेको छ । बागलुङ क्षेत्र २ मा सबै पार्टी मिल्दा  पनि १ नगरपालिका र २ गाउपालिका काङ्ग्रेसले जितेको थियो , समानुपातिक मतमा पहिलो बनेको काँग्रेस प्रतक्ष्य तर्फ बाम गठबन्धनको उम्मदेवार लाइ टक्कर दिएको थियो ।

अहिले २०७९ निर्वाचनमा नेपाली कांग्रेसले ६ पालिकामा प्रमुख र ५ पालिकामा उपप्रमुख जितेको छ । बाग्लुंग क्षेत्र २ मा काङ्ग्रेस करिब १९ हजार मतदाता हुदा २५ .५ रहेको माओवादी लाइ जिताउनु पर्ने बाध्यता कस्तो ? स्थानीय निर्वाचन २०७९ मा पनि काँग्रेसले पहिला जितेको जैमिनी नगरपालिका केन्द्रको त्इच् बाट लादेर  जनमोर्चालाई सुम्पिनु परेको थियो जसले गर्दा बागलुङ क्षेत्र १ को ख त काङ्ग्रेसको नेतृत्व बिहिन बनेको छ ताकी जहा ६०.५ कुल मतदाता रुखमा मतदान गर्ने छन् ।  नेपाली कांग्रेसका शिर्ष नेताहरुले क्षेत्र १ राजमो अध्यक्ष चित्र बहादुर केसी र क्षेत्र २ माओबादी केन्द्र सचिब देबेन्द्र पौडेललाइ अनौपचारिक भाग परेको जानकारी गराउदै  गर्दा कांग्रेसका कार्यकर्ता सधै कम्युनिष्टलाइ मतदान गरेर नेतृत्वमा पुर्याउनको लागि हामि पार्टीमा रहनु पर्ने हो भनेर प्रश्न गर्न लागेका छन् । केहि साथीहरु त स्वतन्त्र पार्टी ,तथा अन्य कम्युनिष्ट पार्टी तिर जाने लर्को लागि रहेको छ ।

नेपाली काँग्नेस बागलुङका सम्पूर्ण नेताहरु एक हुनुपर्न बेलामा जिल्लाबाट नेतृत्व गर्ने नेताले नै कुनै पहल नगरेको देखिन्छ । सिट बाडफाड क्रममा काङ्ग्रेसले २ क्षेत्र भएका जिल्लामा कम्तिमा १ क्षेत्र राखेको तर बागलुङ जिल्ला किन त्यो मापदण्डमा पर्न सकेन रु गठबन्धन हुदा पनि साबिक धवालागीरिका अञ्चल जिल्लामा जित्ने भनेका बागलुङका क्षेत्रमात्र हो । न मुस्ताङ, न म्याग्दी न पर्वतमा जित्ने ग्यारेन्टी छ ?  के काङ्ग्रेस नेतृत्वले धवलागिरी नै निल गराउन लाग्या हो ? बागलुङ जिल्लामा के बोतलको पानि बिर्कोमा हाल्नु पर्ने हो ? देश भरि स्वतन्त्रको लहर चल्दै गर्दा नेतृत्व ले समयमै बुझोस् रु २ वटा क्षेत्र हुदा पनि काँग्रसले १ क्षेत्र नि नपायको खण्डमा कि जिल्लामा मित्रवत प्रतिस्पर्धा हुने छ कि स्वतन्त्र जन्मने छन् ।

हामि अब कम्युनिष्ट लाई मतदान गरेयो अगाडी ल्याउने हामि सधै कार्यकर्ता भयर बस्न तयार छैनौ  िकेन्द्र बाट लादेका उम्मेदवारलाई पनि हामि जिताउने कुनै जिम्मेवारी लिन सक्दैनौ । जिल्लामा १५ हजार भोट भयको जनमोर्चा र १४ हजार मतदाता भयको माओबादी लाइ ४० हजार मत भयको काग्रेसले जिताएर पठाउनु पर्ने होरु दिगो नभएको प्रदेश सभामा टिकट दिएर काङ्ग्रेस उम्मेदवारलाइ फकाउने काम नगरियोस  र कोहि पनि नफ़किउन् जब सम्म काँग्रेसले  केन्द्रिय नेतृत्व गर्न सकिदैन कार्यकर्ता जोदिदैनन र पहिरो जाने छ यसको जिम्मेवारी कसले लिने ?  केन्द्रबाट लाद्ने काम नगरियोस । होला जिल्लामा कार्यकर्ताको काम गर्दा केन्द्रमा आएर नेताको घर चाकडी गर्न जानेनन होला हाम्रो जिल्लाको काङ्ग्रेस नेताले त्यसैका आधारमा टिकट नदिनेरु जिल्लामा काम गरेर कार्यकर्ता बनाउदा नभएको  हेबी वेट  केन्द्रमा नेताको पछि पछी लाग्दा हुनर हो ?  बरु ७७ जिल्लाको जुनसुकै कांग्रेसको कार्यकर्ता होस् वा नेता ल्याएर बागलुङमा चुनाब लडाउनु हामि जिताएर पठाउन तयार हो । नत्र हामि त्यो गिलास अनि हसिया हथौडामा मतदान गरेर जिताउन सकिदैन । त्यसमा हाम्रो बिद्रोह हुने छ कुनै पनि कार्यकर्ताको मन समाल्न सकिने छैन ।

कम्तिमा १ वटा क्षेत्र काङ्ग्रेस लाइ दिएर बागलुङमा हुन्छ भने कार्यकर्ता गठबन्धन गर्न तयार छन् नत्र हामि स्वतन्त्र रुपमा लाग्ने छौ र सम्पूर्ण नेतृत्वलाइ भारि पर्नेछ बागलुङका काँग्रेस  कार्यकर्ताले ८६ बर्षको बृद्धलाइ सांसद पनि बनाउने छैनन् र कुनै  काङ्ग्रेस नेतृत्वलाई मालढुंगाको पुल तर्न दिने छैनन्  । यसरी  गठबन्धनकै लागि बोतलको पानी बिर्कोमा खनाउका लागि काँग्रेस कार्यकर्ता सक्दैनन  <  लेखक सापकोटा विद्यार्थि नेता हुन ।

प्रतिक्रिया