नेपालकै ऐतिहासिक शक्तिपिठको रुपमा रहेको बागलुङ कालिका भगवती मन्दिरमा अब देखी ‘क्युआर कोड मार्फत भेटि चढाउन सकिने भएको छ । प्रभु बैंक लिमिटेडको सहयोगमा मन्दिर परिसरमा आधुनिक बैंकिङ प्रणाली क्युआर कोडको सुरुवात गरिएको छ । मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुका लागि दान दक्षिणा एवं भेटि चढाउनका निम्ती सहज होस भन्ने उद्देश्यले डिजिटल बैंकिङ प्रबिधि क्युआर कोडको स्थापनाका लागि सहयोग गरिएको प्रभु बैंक लिमिटेड बागलुङ शाखाका प्रमुख हेमन्त बाबु आचार्यले जानकारी दिए । क्युआर कोड प्रविधि शनिबार एक कार्यक्रम गरी मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरुले सरकारी तथा गैरसरकारी संघ संस्था र ब्यवसायीहरुका आर्थिक कारोबारलाई डिजिटल प्रविधिमा जोडिरहेको समयमा मन्दिरमा पुजा गर्न आउने भक्तजनको सहजताको लागि प्रभु बैंकको सहयोगमा उक्त प्रविधि संचालन गरिएको कालिका भगवती गुठी व्यवस्थापन समितिका उपाध्यक्ष लिलादेवी खड्काले बताईन ।
क्युआर प्रविधि हस्तान्तरण गर्दै नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय पोखराका निर्देशक डा. रामशरण खरेलले मन्दिरमा पुजा गर्न आउने भक्तजनहरुले चढाएको भेटि सिधै मन्दिरको खातामा जाने प्रविधि भएको हुँदा आर्थिक कारोबार पनि पारर्दशिता हुने बताए । यसलाई संचालनका निम्ती इन्टरनेटको उचित व्यवस्था हुनुपर्ने उनको भनाई थियो । हिन्दु धर्म प्रति आस्था राख्ने धर्मावलम्बीको अलवा कालीका भगवती मन्दिरमा धार्मिक पर्यटकहरू आउने क्रम बढेसंगै मन्दिरको आम्दानी समेत बढेर गएको छ ।कोरोना भाइरस कोभिड १९ को जोखिम बढेर गइरहेको समयमा मन्दिरमा नगद दान दक्षिना चढाउदा कोरोनाको जोखिम बढ्नुका साथै मन्दिरमा उठेको भेटी संकलन गर्ने बैंक लैजान झझंट भइरहेको समयमा अहिले राखिएको क्युआर कोड मार्फत भेटी चढाउदा समयको बचत हुने विश्वास व्यक्त गरिएको छ । कालीका भगवती मन्दिरमा दैनिक एकलाख भन्दा बढी भेटी चन्दा संकलन हुने गरेको बेला अहिले प्रभु बैकले जडान गरेको क्युआर कोर्ड बाट दिनहुँजसो पैसा गन्ने झंझट हट्नुका साथै आर्थिक पारदर्शिता समेत हुने देखिन्छ ।
कार्यक्रममा नेकपा एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसी, नेपाली काँग्रेस बागलुङका जिल्ला सचिव हरिहर शर्मा, नेकपा माओबादी केन्द्रका गण्डकी प्रदेश कमिटि सदस्य कुशुम बुढा, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष नविन शिशिर विक कालिका भगवती गुठी व्यवस्थापन समितिका उपाध्यक्ष लिला देवी खड्का लगायतले मन्दिर भित्र नयाँ नयाँ प्रविधि संचालन गर्न आवश्यक रहेको बताए ।
कार्यक्रम प्रभु बैकं गण्डकी प्रदेशका प्रमुख राजु रानाको अध्यक्षता र बागलुङ शाखाको प्रमुख हेमन्त बाबु आचार्यको संचालनमा सम्पन्न भएको थियो ।