नागरिकको जिवनस्तर उकास्ने माध्ययम सहकारी हो : रजिष्ट्रार पराजुली

  • मङ्सिर २५, २०७८

बागलुङ- भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालय गण्डकी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार उदय बहादुर पराजुलीले सहकारी सबै क्षेत्रमा पुगेको भन्दै यसले नागरिकको जीवनस्तर उकास्न मद्दत पुगेको बताएका छन ।  आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १५ औं वार्षिक साधारण सभा अन्तर्गत बागलुङ नगरपालिका वडा नम्बर ३ र ४ को छैठौँ एकाई सभा शुक्रबार बागलुङमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन । 
पराजुलीले सहकारी कृषि, पर्यटन, व्यवसाय, सञ्चार लगायतका क्षेत्रमा जोडिएको बताउनुभयो । यसले समाज परिवर्तन सँगै पर्यटन, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा ठूलो परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताए । सहकारी आम नागरिकको जीवनसँग जोडिएको भन्दै यसको यस मार्फत सबैको जीवन परिवर्तन हुने उनको भनाई छ ।
पराजुलीले आदर्श सञ्चारले सहकारी मार्फत आम नागरिकलाई सचेत बनाउनुका साथै शेयर सदस्यको जीवनस्तर उकास्न तर्फ लागेर अरुका सहकारीका लागि सिकाईको मध्यम भएको बताए । कार्यक्रममा संस्थाका सल्लाहकार रुद्रबहादुर महत, सूचना संचार तथा प्रकाशन उप–समिति सदस्य कोपीला कँडेल लगायतले मन्तव्य व्यक्त  गरे 
कार्यक्रममा संस्थाका सचिव ललिता थापाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संस्थाका सम्पादक रामबहादुर जिसीले संस्थाको रणनीतिक योजना तथा सदस्यको भूमिका र वार्षिक योजनाको बारेमा प्रस्ट्याउँदै अब आदर्शले आर्थिक कारोबारसँगै स्वास्थ्य, पर्यटन, कृषि लगायतका क्षेत्रलाई जोडेर अभियान र कार्यक्रम केन्द्रित गर्ने बताए । उनले  २०७० सालमा बनेको रणनीतिक योजना अनुसार २०८० सालसम्को लक्ष्य पुरा हुन लागेकोले अब २० वर्षे रणनीतिक योजना बनाएर अगाडि बढ्ने तयारी रहेको जानकारी गराएका थिए । 
कार्यक्रममा जेष्ठ नागरिक प्रेम छोटा, विश्नाथ रेग्मी, जुद्धराज पराजुली, मीना कुमारी पराजुली, काजी रोशन, तुलबहादुर केसी, कपुरजंग राजभण्डारीलाई जेष्ठ नागरिक भत्ता वितरण गरिएको थियो । सो अवसरमा संस्थाले अपांगता भएका शेयर सदस्यहरुलाई अपांग भत्ता दिने व्यवस्था अनुसार विकल थापा, ढालेन्द्रबहादुर क्षेत्री, ममता कार्की, कृष्णकुमार आचार्य र विकास शर्मालाई एक हजार रुपैयाँ प्रोत्साहन भत्ता प्रदान गरिएको थियो ।  
त्यस्तै सर्वोत्कृष्ट बचत तर्फ कमलप्रसाद श्रेष्ठ, कमल लामिछाने, उत्कृष्ट बचत तर्फ गंगा केसी, शान्ति श्रेष्ठलाई सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट बाल दीघकालिन तर्फ आहाना श्रेष्ठलाई सम्मान गरिएको थियो ।  
उत्कृष्ट परिवार तर्फ हिमालय प्रकाश श्रेष्ठ, भारती श्रेष्ठ, संकेत श्रेष्ठ, सार्थक श्रेष्ठ र चयनदेवी श्रेष्ठलाई सम्मान गरिएको थियो । शेयर वृद्धि तर्फ सर्वोत्कृष्ट हुने शेयर सदस्य शुरेसप्रसाद श्रेष्ठ र कर्मचारी तर्फ मनकुमारी केसीलाई सम्मान गरिएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु)को अध्यक्षता, उपाध्यक्ष अनन्तबहादुर खड्काको स्वागत र सह–सम्पादक सिर्जना पन्तको संचालनमा सम्पन्न भएको थियो ।
संस्थामा हाल तीन हजार शेयर सदस्य, शेयर पूँजी ६ करोड, २९ करोड निक्षेप, ३७ करोड कर्जा लगानी र ४३ करोड वासलात रहेको संस्थाका प्रबन्धक दीपकराज सापकोटाले जानकारी दिए । 
 

प्रतिक्रिया