• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • समाज ,
  • अर्थतन्त्र

इमेज सहकारीका स‌चालक र कर्मचारी प्रहरी नियन्त्रणमा

  • असार १, २०८०

बागलुङ-  बागलुङमा स‌चालित इमेज बचत तथा ऋण सहकारीका स‌चालक  र कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बचतकर्ताको अरबौ रकम हिनामिना गरेको आरोपमा प्रहरीले एक जना सञ्चालक र कर्मचारीलाई नियन्त्रणमा ल्याएको हो ।

बागलुङ जिल्लाका बिभिन्न ठाउँबाट उनीहरु पक्राउ परेका हुन् । सहकारीका सञ्चालक सदस्य रहेका चित्रबहादुर भण्डारी पक्राउ परेका छन् । उनलाई प्रहरीले ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारबाट पक्राउ गरेको हो । बिहिबार बिहान पक्राउ परेका भण्डारीलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याईएको छ । शुक्रबार इमेज सहकारीका कर्मचारी लालमती रोकालाई प्रहरीले ताराखोलाबाट पक्राउ गरेको छ । कर्मचारी रोकालाई पनि शुक्रबारै जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याइएको छ । उनीहरु बिरुद्ध सहकारी ऐन अन्तर्गतको कसुर गरेको आरोप छ । भण्डारीको अनुसन्धानका लागि जिल्ला अदालतले पाँच दिनको म्याद दिएको छ ।

त्यस्तै रोकालाई म्याद थपका लागि आईतबार मात्रै जिल्ला अदालत पेश गरिने प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले बताए । अन्य सञ्चालक तथा कर्मचारीको खोजी भैरहेको प्रहरीले जनाएको छ । बागलुङ बजारमा मुख्य कार्यालय रहेको इमेज सहकारीले गलकोट, बुर्तिबाङ लगायतका शाखाबाट खर्बाै रुपैयाँ हिनामिना गरेको छ । सहकारीका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देबकुमार नेपाली जेठ पहिलो सातादेखि सम्पर्कबिहिन छन् ।

प्रतिक्रिया