बरेङको गाउँपालिकाको पशु र कृषी तर्फको बजेट १ करोड ६३ लाख

  • भदौ २९, २०७८

जिल्लाको बरेङ गाउँपालिकाले आ.व. २०७८÷०७९ मा पशु र कृषित र्फ १ करोड ६३ लाख ५ हजार रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिकाले पशुसेवा कार्यक्रम तर्फ  ६५ लाख ८५ हजार रुपैयाँ र कृषी तर्फ ४० लाख ५० हजार रुपैयाँ विनियोजन गरेको जानकारी दिएको थियो । 
 गाउँपालिकाको कृषी तथा पशु शाखा तर्फको आर्थिक वर्ष २०७८÷०८९ को वार्षिक स्वीकृत कार्यक्रम अन्तरगतका कार्यक्रमहरु सञ्चालनका लागी मंगलबार बसेको बैठक मार्फत सोको जानकारी आएको हो । गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्मा र निमित्त प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर पुनको बिशेष उपस्थितीमा बसेको बैठकमा निर्णय गरी गाउँपालिका भित्रका ५ वटै वडामा रहेका कृषक समुह, सहकारी, पशु तथा कृषक समुह, पशु तथा कृषी र्फम तथा उद्यमीले सूचना प्रकाशित भएको मिती भदौ २९ गते मंगलबार देखी १५ दिन भित्र तोकिएको ढाँचामा पालिकाको पशु तथा कृषी शाखामा आवेदन पेश गर्न शाखाले अनुरोध गरेको छ । बरेङ गाउँपालिका वडा नंं. ३ बाटाकाचौरका कार्यवाहक वडा अध्यक्ष तथा आर्थिक विकास समिती संयोजक दुर्गा कार्की क्षेत्री थापाको अध्यक्षता, पशु शाखा प्रमुख नारायण पौडेलको सञ्चालनमा बसेको बैठकले कृषी तथा पशु शाखाको आर्थिक वर्ष २०७८÷०७९को बिभिन्न कार्यक्रमहरुको १५ दिनको म्याद भित्र आवेदन पेश गर्ने गरी कृषकहरुलाई अनुरोध गर्ने निर्णय गरेको हो ।  आर्थिक वर्ष २०७८÷०७९को निती तथा कार्यक्रमको लागी बिनियोजित रकम अनुसार योजना तथा कार्यक्रमहरु सञ्चालन गर्नको लागी पालिकाले लिएको निती तथा कार्यक्रम अनुसार कृषी तथा पशु तर्फका कार्यक्रम माघ महिना भित्र सक्ने लक्ष्य लिएको छ । सोही निती अनुसार गाउँपालिका भरी कार्यक्रम सञ्चालन हुने पालिकाले जनाएको छ । 
 

प्रतिक्रिया