• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • समाज ,
  • कला/मनोरञ्जन

चैते दशै बागलुङे मेलैमा

  • चैत २७, २०७८

नारायण रिजाल,-  ‘चैते दशै मेलामा मायाँ बस्यो ख्याल ख्यालैमा’ गायक विमलराज क्षेत्रीले गाएको यो गितबागलुङ भन्ने वित्तीकै यहाँ लाग्ने चैते दशैं मेला र बागलुङ कालिका मन्दिरसंगै जोडिएर आउँछन् । यहाँको प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिर यस क्षेत्रकै चिनारीको रुपमा रहेको छ । जिल्लाको आर्थिक सामाजिक र सांस्कृति विकासमा कालिका मन्दिरका छुट्टै महत्व रहेको छन । बागलुङ जिल्लालाई चिनाउने एउटा माध्यम पनि बागलुङ कालिका मन्दिर र चैते दशैंको मेला एक सिक्काका दुई पाटा हुन । त्यसैले पनि बागलुङ कालिका मन्दिर र चैत्राष्टमी मेलाको विषयलाई लिएर थुप्रै गीत पनि गाईएका छन् । 
चैत्र शुक्ल अष्टमीका दिन चैत दशैं मेला गरिन्छ । 
विक्रम संम्वत १५९१ मा पर्वते राजा प्रतापी नारायण सिंह मल्लले पाल्पाका राजा मनिमुकुन्द सेनकी छोरीसंग विवाह गरेको र राजकुमारीले आफुसंगै दाईजोको रुपमा ल्याएकी माझकी देवीको मूर्तिलाई अहिलेको कालिका मन्दिर भएको ठाउँमा राखियो । पछि मूर्ति सहितको डोली उठाउन खोज्दा डेग नचलेपछि उक्त ठाउँमा मन्दिर स्थापनापछि चैते दशैं मेलाको सुरु भएको किम्बदन्ती पाईन्छ । उसो त कालिका मन्दिरमा हरेक दिन पूजा पाठ हुन्छ । यद्यपी चैते दशैं र वडा दशैंमा भक्तजनहरुको ठूलो घुँईचो लाग्छ । विशेषगरी चैतै दशैं, धुमधामका साथ मेला लाग्ने यो दिनलाई खास मानिन्छ । हरेक वर्ष चैते दशैंमा यहाँ मेला लाग्छ ।
बागलुङ कालिका भगवती मन्दिरमा पूजा गर्र्दा मनोकाँक्षा पूरा हुने विश्वास गरिन्छ । त्यही विश्वासका आधारमा यहाँ हजारौं खसी बोका, राँगा तथा हाँस कुखुराको बलि दिने गरिन्छ । 

लाखौं आन्तरिक तथा बाह्य पर्यटक 
बागलुङ कालिका मन्दिर गुठी व्यवस्थापन समिति अध्यक्ष कुमार खड्काका अनुसार हरेक वर्ष वडादशैंमा ३ लाख भन्दा बढि र  चैत्ते दशैंमा झण्डै पाँच लाख आन्तरिक तथा बाह्य पर्यटक मन्दिरको दर्शन तथा पूजापाठ गर्छन् । वडादशैंमा भाकल गरेकाहरु पूजा गर्न धेरै आउँछन् । चैत्ते दशैंमा भने घुम्न र हेर्नका लागि आउनेहरुको संख्या बढि हुने गरेको खड्काले बताए । बागलुङ कालिकामा गरेको भाकल पूरा भएको भन्दै सुनचाँदी चढाउने चलन पनि छ । भक्तजनले मन्दिरको मुल गेटमा १५ केजी चाँदीको फ्रेम चढाएका छन् । कालिका देवीलाई यसरी सुनचाँदी चढाउने सयौं वर्ष पुरानो प्रचलन रहि आएको छ ।
मन्दिरमा आउने भक्तजनहरुको सहजताका लागि आवश्यक व्यवस्थापन मिलाईएको अध्यक्ष खड्का बताउँछन् । पूजाका लागि लाईनको व्यवस्था गरेका छौं, नियमति कर्मचारी साथै स्वयँसेवक र सुरक्षा निकायको पनि साथ लिएका छौं, मन्दिर परिसरमा सीसी क्यामेराबाट निगरानी भैरहेको छ ।’ कालिका मन्दिरको दर्शन गर्न देशका विभिन्न स्थान र भारतबाट समेत हजारौं दर्शनार्थीहरु आउने गर्छन् ।
मन्दीरमा हरेक बिहान मन्दिर पसिरमा भजन कृतन हुन्छ । नवमीको दिन रथयात्रा सहित चञ्चलादेवीको मूर्तिलाई बजार परिक्रमा गराउने गुठीको तयारी छ । अहिले चैते दशैंका दुर्गा लागेसंगै श्रद्धालुहरुको दैनिक भिडभाड रहेको छ । 
सामाजिक र आर्थिक क्षेत्रसंग जोडने 
बागलुङ कालिका मन्दिर र चैते दशैं मेला जिल्लाको आर्थिक सामाजिक अवस्था संग जोडिएको छ । यसका साथै मन्दीर नजिकै रहेको लामो झोलूङ्गे पुलले यस क्षेत्रको पर्यटन प्रर्वधनमा झनै टेवा पुगेको छ ।  बाईसे चौबिसे राज्य हुँदा एउटा राज्यले अर्को राज्यमाथि आक्रमण गररे कब्जा गर्ने चलन रहेको र देवीको पूजा गरेमा शक्ति प्राप्त हुन्छ र युद्ध जितीन्छ भन्ने विश्वासका आधारमा राजाहरुले पुजापाठको चलन बसाएको संस्कृतिविद प्रेम छोटा बताउँछन । चैते दशै मेला यहाँको सामाजिक र आर्थिक क्षेत्रसंग जोडिएको छ । चैतें दशैको मौका पारेर यहाँका स्थानीय उत्पादनहरुको विक्री वितरण गर्ने गरिन्छ । 


उत्पादन भएका बस्तुहरुलाई बजारको श्रोत 
ग्रामिण भेगमा उत्पादन भएका बस्तुहरुलाई बजारको श्रोत बनेको छ मेला । यसले जिल्लाको आर्थिक क्षेत्रलाई धानेको युवा व्यवसायी बागलुङ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष उमाकान्त शर्मा बाबुले बताए । चैते दशैंमा देशका विभिन्न ठाउँबाट मेला भर्न र कालिका मन्दिरको दर्शनका लागि आउने गर्दछन । यहाँको ग्रामिण क्षेत्रमा निगालोको चोयाबाट निर्मित डोको डाली, नाङ्लो, काठको ठेकी,फलामका भाडाँ, मादल, लिएर मेलामा बिक्रि वितरणका लागि राखिने छ । यसले जिल्लाको आर्थिक क्षेत्रलाई टेवा पुग्ने शर्माले बताए । मेलामा विभिन्न ठाउँहरुबाट काठका ठेकाठेकी, बेतबाँसबाट बनेका डाला डाली नाङला आदी स्थानीय उत्पादन ल्याएर विक्री गर्ने चलन अझै पनि कायमै छ । विगतमा यहाँको अर्थतन्त्र चैते दशैं मेलामा निर्भर रहेको कुरा बागलुङ यहाँका व्यवसायीहरु बताउँछन । कुनै बेला सडक नहुँदा चैतें दशैमा लाग्ने मेलाकै भरमा बागलुङको अर्थतन्त्र चलेको शर्मा बताउँछन । 

प्रतिक्रिया