नेपाली काँग्रेस जैमिनी नगरपालिकाको सभापतिमा प्रेम सापकोटा निर्वाचित भएका छन । सापकोटाले निवर्तमान सभापति काशिराम आचार्यलाई ३० मतको अन्तर पारेर सापकोटा निर्वाचित भएका हुन । कुल २ सय ७१ क्षेत्रीय प्रतिनिधि मध्य २ सय ६६ जनाले मात्र मतदान गरेका थिए । जसमा सापकोटाले १ सय ४६ मत प्राप्त गरेर विजयी भएका छन भने आचार्यले १ सय १६ मत प्राप्त गरेका छन । नगर कार्यसमितिको उपसभापतिमा बिमल श्रीष र ओमबहादुर केसी निर्वाचित भएका छन श्रीषले २सय ५ मत प्राप्त गरेका छन भने केसीले १ सय ७२ मत प्राप्त गरेका छन । उनका निकटम प्रतिस्पर्धी किरण शर्माले १ सय १६ मत प्राप्त गरेको निर्वाचन अधिकृत ज्ञानेन्द्रराज पन्तले जानकारी दिए । त्यसैगरी सचिवमा बमबहादुर क्षेत्री र शिवकुमार श्रीष निर्वाचित भएका छन । सचिवका अर्को प्रत्यासी नारायण अधिकारीले ९५ मत प्राप्त गरेका छन । नगरकार्यसमितिको सहसचिवमा दिपक सुवेदी र बिमल आचार्यले निर्वाचित भएका छन । सुवेदीले १ सय ८७ मत प्राप्त गरेका छन भने आचार्यले १ सय ७० मत प्राप्त गरेका थिए । उनिहरुका प्रतिस्पर्धी डिल्लीराज सुवेदीले ६० र ईश्वरी प्रसाद चापागाईले ७१ मत प्राप्त गरेका निर्वाचन अधिकृत पन्तले जानकारी दिए । जैमिनीमा सापकोटाको प्यानलनै निर्वाचित भएको हो । विजयी सापकोटा संस्थापन इतरका हुन भने आचार्यले संस्थापन पक्षका मानिन्छन । शनिबार सर्वसम्मत हुन नसकेको पछि आईतबार निर्वाचन भएको हो ।