बागलुुङ- नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक क्षेत्रको कामका लागि निजी क्षेत्रले पनि सहकार्य गर्ने बताएका छन । बागलुुङमा जारी लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ जेको दोस्रो क्याबिनेट बैठकको उद्घाटन कार्यक्रममा बोल्दै निजी क्षेत्रले सामाजिक क्षेत्रमा काम गर्ने संघ संस्था सँग सहकार्य गर्ने बताएका छन ।
उनले राज्यले नेपालमा नै लगानी मैत्री वातावरण गराउन सकेका यही धेरै सम्भावना रहको बताए । ‘हामी नेपालमा केही छैन भन्ने हैन यही केही गर्नुुपर्छ भन्ने सोचौं । नेपालमा केही सम्भावना छैन भन्ने भास्यलाई चिरौं ढकालल भने,—‘नेपालमा बास्तवमा धेरै सम्भावना छ । यहाँ लगानी गर्ने बातावरण गरौं । धेरै चिज गर्न सकिन्छ भन्ने हामी व्यवसायले उदाहरण देखाउनुपर्छ । ’
ढकालले उद्योगी व्यवसायीलाई सरकारले साथ दिएमा नेपालमा सम्भावना भएको प्रमाणित गर्ने बताए । ढकालले देशमा लगानी गर्न खोज्नेको धेरै जमात भएको र त्यो जमातलाई यही राख्नका लागि सवैले सहकार्य गरेर अगाडी बढ्नुपर्नेमा जोड दिए ।
‘हामीले यही केही गर्न सक्छौं भनेर आटौं, आउनुहोस सवै मिली सहकार्य गरौं अध्यक्ष ढकालले भने,—‘यहाँ लायन्स जोडौं, सामाजिक र राजनितिक व्यत्तिहरुलाई जोडौं समाजलाई जोडौं, समुदायलाई जोडौं आफ्नै देशमा केही गरौं । उनले निजी क्षेत्रले अन्य क्षेत्र सँग सहकार्य गरी यही रोजगारी सिर्जना गर्न सकिन्छ र यही लगानी गर्न सकिन्छ भन्ने उद्देश्यका साथ १० अर्वको लगानीमा नेपाल डेभलमेण्ट कम्पनी लिमिटेड संचालन गरेका बताए ।
ढकालले यहाँ मुख्य गरी पर्यटन, कृषि, उर्जा, सूचना प्रविधि र पुर्वाधारका क्षेत्रमा पनि निजी क्षेत्रले लगानी गर्ने बताए । ढकालले आम जनतालाई सकारात्क सोचको विकास गराएर यही केही गरौं भन्ने सोच बनाउन सकेका समृद्ध नेपाल सुुखी नेपालीको नतिजा दिन सकिने बताए । करिब ६ लाख सदस्यहरु भएको नेपाल उद्योग बाणिज्य संघल अब हरेक सदस्यलाई उत्पादन सँग जोड्ने कार्यक्रम अगाडी सारेको बताए ।
ढकालले लायन्स क्लबमा आवद्ध सदस्यहरु निश्वार्थ भावले सहयोगमा जुटेको हुँदा यो सहयोगमा नेपाल उद्योग बाणिज्य संघ पनि सहकार्य गर्न तयार रहेको बताए ।