कुशल कडेल- बागलुङ । सुर्य र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको एकिकरण पश्चात बागलुङमा पनि संयुक्त कारोबार सुरु गरेको छ । पौष ७ गते बाट देशभरी संयुक्त कारोबारको मिति तय गरेको कम्पनीले पहिलो दिन ११ लाख प्रथम विमा शुल्क संकलन गरि आफ्नो कारोबार सुरु गरेकोछ । बागलुङ शाखाको कारोबार कम्पनीका क्षेत्रीय प्रमुख मेघराज खड्काले सुरुवात गरेका थिए । कारोबार सुरुवात सगै खड्काले सुर्यालाईफ सवैको साझा इन्सोरेन्स कम्पनीको रुपमा परिचित र थप विकसित हुँदै जाने बताए । खड्काले सूर्य र ज्योति लाइफ इन्स्योरेन्स एक भई जीवन विमा कम्पनीकै सबै भन्दा ठूलो बनेको कम्पनीमा विमित भई, अभिकर्ता बनेर समेत काम गर्न आहृान गरेका थिए ।
सयुक्त कारोवार संगसंगै एकै दिनमा २५ जना भन्दा वढी विमित, १२ जना अभिकर्ताले संकलन गरेको विमालेख जारी गरी सोही दिन ११ लाख प्रथम विमाशुल्क संक्लन गरिएको हो । कम्पनीको कारोबार पहिलो दिन नै निकै राम्रो भएको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका शाखा प्रमुख सन्जय शर्माले बताए ।
कार्यक्रम कम्पनीका वरिष्ठ एजेन्सी म्यानेजर हुम बहादुर थापा , एजेन्सी म्यानेजर कोपीला कुमारी खत्री, एजेन्सी म्यानेजर टिबी थापाले बालेका थिए । कार्यक्रममा जेष्ठ नागरीक चुडामर्णी आचार्य र हुम बहादुर थापाले केक काटी कार्यक्रमको कारोबारको सुरुवात गरेका थिए ।