वर्षाका कारण धानबालीमा क्षती 

  • कार्तिक १, २०७८

आईतबार देखी परेको अविरल वर्षाका कारण बागलुङ पर्वत र म्याग्दीका विभिन्न ठाउँमा लगाईएको धानबालीमा क्षती पुराएको छ । शनिबार देखी मौसम बदिलिए सँगै परेको वर्षाका कारण धानबालीमा क्षती पुगेको छ । काटने बेलाको धान वर्षाका कारण ढलेको छ भने काटेको धान खेतमा पानीमा डुबेको छ । 

बंगालको खाडीमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सोमबार बिहान देशको अधिकांश भू–भागमा सामान्य बदली रहि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षासमेत भइरहेको छ ।

धानबाली भित्राउने समय भएको बेलामा बर्षात हुँदा सयौ हेक्टर जग्गाको धानबालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ ।  बेमौसमी बर्षातका कारण कृषकहरु धान बाली थन्काउने बेलामा समस्यामा परेका छन् । किसानहरुले वर्ष भरी गरेको दुःख वर्षाका कारण विग्रिएको छ । 

प्रतिक्रिया