गाउँमै बालि उपचार शिविर

  • असार ३१, २०७९

बागलुङ - जिल्लाको गलकोट नगरपालिका–१ दुदिलाभाटीका किसानले लगाएको सुन्तला, कागती लगायतको फलफुलकोे फल झर्ने, बोटका मुख्टा सुक्ने समस्या भयो । व्यवसायी तरकारी खेत समेत गरेका यहाँका किसानको टनेल भित्रै लगाएको गोलभेँडोमा डढेलो लाग्ने, काँक्रा, करेला सिमिमा किरा लाग्ने देखियो । 
बारीमा लगाएको फलफुल र तरकारीमा विभिन्न रोग लागेर हैरान भएका बेला गाउँमै कृषि प्राविधिक पुगेपछि यहाँका किसानलाई राहत भएको छ । गाउँमै बाली उपचार शिविर सञ्चालन गरेर कृषि प्राविधिकले दिएको सुझाव अनुसार किसानले आफ्नो बारीका लगाएको फलफुल र तरकारीका विरुवा जोगाएका छन । 
सुन्तला कागती लगायतका फलफुलका फल झर्ने समस्याले हैरान भएका थियौ । तरकारीमा पनि औसाकिरा लागेर हैरानै खेपेका थियौं । स्थानिय किसान हिरा काउचाले भने,–‘गाउँमै बाली उपचार शिविर संचालन भए पछि हामीलाई धेरै फाइदा भयो ।, जैविक विषादीको प्रयोग गरेर रोग नियन्त्रणका उपायका बारेमा जानकारी पायौं,  शिविरका कारण फलफुल र तरकारीमा भएको समस्या पनि समाधान हुने आशामा र्छौ ।’ बारीमा लगाएको तरकारीमा विभिन्न रोग कीरा लागेकै अवस्थामा गाउँमै बाली उपचार शिविर सञ्चालनमा आएपछि किसानलाई राहत भएको काउचा बताउँछन । 
स्थानिय तह सँग समन्वय गरेर गाउँमै कृषि प्राविधिक पुगेर बालीमा लागेको रोगकीराका बारेमा जाँचबुझ गरी उपचार पद्दतिका बारेमा कृषकलाई जानकारी दिने र उनिहरुले सोही अनुसार रोक किरा नियन्त्रणका लागि औषधी तथा अन्य विधि अपनाउने गरेको  गलकोट नगरपालिकाका कृषि प्राविधिक रमा शर्मा बताईन । नगरपालिकाको हरिचौर र दुदिलाभाटीमा शिविर गरिएको थियो । दुदिलाभाटीमा मात्र २५ जना कृषकहरुले आफ्नो तरकारी र फलफुल खेतीमा लागेको रोगकको बारेमा जानकारी गराएर समाधानको उपायको बारेमा खोजी गरेका थिए । 
कृषि ज्ञान केन्द्र बागलुङको आयोजनामा जिल्लाका विभिन्न स्थानमा बालि उपचार शिविर संचालन गरिएको हो ।  ज्ञानकेन्द्रले चालु आर्थिक वर्षमा जिल्लाका ६ स्थानमा शिविर संचालन गरी कृषकका समस्या समाधानको उपाय खोजेको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बताए । 
यस आर्थिक वर्षमा जिल्लाको ४ स्थानमा शिविर गर्ने लक्ष्य रहेता पनि किसानको माग बमोजिक ६ स्थानमा संचालन गरिएको उनले बताए । शिविर बागलुङ नगरपालिका वडा नं. ८ को सिगाना, निसीखोला गाउँपालिकाको वडा नं. ४ मा गलकोट नगरपालिकाको वडा नं. ५ र वडा नं. १ मा तमानखोला गाउँपालिकाको वडा न. १, जैमिनी नगरपालिकाको वडा न ४ र बडिगाड गाउँपालिकाको मुख्यमन्त्री जलबायु कृषि गाउँमा शिविर संचालन गरिएो भट्टराईले जानकारी दिए । 
शिविरमा किसानलाई परेका समस्या, बालीमा लागेको रोगकीराको उपचार, जैविक विषादीको प्रयोगलगायतका विषयमा जानकारी दिइएको उनले बताए । गाउँमा बाली उपचार शिविरबाट सेवा पाउँदा किसानहरु पनि खुसी हुने गरेको ज्ञान केन्द्र बताउँछ ।  ‘तरकारी  तथा फलफुल बालीमा विभिन्न रोगकीराको प्रकोप देखिए पनि किसानहरुले हामीलाई खबर गर्नुहुन्छ । सबै किसानलाई एकै ठाउँबाट रोगकीराको रोकथाम, उपचार लगायतका विषयमा जानकारी गराउँछौ । कार्यालय प्रमुख भट्टराईले भने,–‘ शिविरमा जैविक विषादीको प्रकोप र अन्य प्रविधिका बारेमा जानकारी दिने गरिन्छ । ज्ञान केन्द्रका कृषि प्राविधिकको सल्लाह अनुसार उनिहरुले रोकथामका उपायको खोजी गर्छन । आवश्यक किटनाशक औषधी पनि वितरण गर्ने गरिन्छ । शिविरमा किसानहरुले रोग लागेको बोटविरुवा र तरकारीको नमुना ल्याउने र परिक्षण समेत गरिने भट्टराईले बताए । 
यस वर्ष मकैमा बढि फौजी किरा लागेका कारण ज्ञान केन्द्रले यसको रोकथामका लागि विभिन्न कार्यक्रम गरेको थियो । 

 

प्रतिक्रिया