बागलुङ- माध्यमिक शिक्षा परीक्षा (एसईई) परिक्षा आज देखी शुरु भएको छ । कोभिड–१९ को महामारी साम्य भएपछि भौतिक रूपमै परीक्षा सञ्चालन गर्न लागिएको यो पहिलो पटक हो । बैशाख २० गते सम्म संचालन हुने परिक्षामा बागलुङ जिल्ला भर ४ हजार ८९३ जना विद्यार्थी सहभागि शिक्षा विकास तथा समन्वय ईकाई बागलुङले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । परिक्षामा ४५ जना गे्रड बृद्धि तर्फ र २५५ जना विद्यार्थी प्राविधिकधारको रहेका छन । त्यसैगरी खुल्ला विद्यालय तर्फ ४२ जना र नारायणस्थानको जनताधन माविकामा अध्ययनरत २ जना दृष्ट्रिविहिन विद्यार्थी रहेको शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख कुश्मराज उपाध्यायले जानकारी दिए । जिल्लामा कुल ३१ वटा परिक्षा केन्द्र निर्धारण गरिएको छ । अघिल्लो वर्ष भन्दा यस वर्ष ३ वटा केन्द्र घटाएको उपाध्यायले बताए । परिक्षा केन्द्र व्यवस्थापन र संचालनका निम्ती केन्द्राध्यक्ष र निरिक्षक तोक्नुका साथै उनिहरुलाई अभिमुखिकरण पनि गरिएको कार्यालयले जनाएको छ ।
परीक्षाका लागि आवश्यक प्रश्नपत्र, उत्तरपुस्तिका प्रत्येक केन्द्रमा पुगिसकेको उपाध्यायले बताए । जिल्लाका विभिन्न विद्यालयमा संचालन भएको प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थी भने सदरमुकाम आउनुपर्ने छ । प्राविधिक धारकोको लागि सदरमुकाममा रहेको रुद्रेपिपल मावि परिक्षा केन्द्र तोकिएको छ । अरु विषयको भन्दा दुई ३ दिन बढि हुने हुँदा सवै प्राविधिकधारको परिक्षा सदरमुकाममा संचालन गर्नुपर्ने बाध्यता रहेको उपाध्ययाले बताए ।
परिक्षाका लागि ३१ जना केन्द्राध्यक्ष, ३७ जना सहायक केन्द्राध्यक्ष, २४५ जना निरिक्षक, ४९ जना परिक्षा सहायक ९८ जना कार्यालय सहयोगी र ४६५ जना सुरक्षा कर्मी खटिने उपाध्यायले बाए । जिल्लामा १०८ वटा सामुदायिक विद्यालय, ३२ वटा संस्थागत विद्यालय र १ वटा खुल्ला विद्यालय गरी कुल १४१ विद्यालयमा अध्ययनरत विद्यार्थी परिक्षामा सहभागी हुने छ । परिक्षालाई मर्यादित ढंगले संचालन गर्नका निम्ती समन्वय इकाई कार्यालयले अनुसारेध गरेको छ ।
यसअघि कोभिड–१९ को सक्र्रमण बढेपछि दुई पटक एसईई आन्तरिक मूल्याङ्कनबाटै सम्पन्न गरिएको थिया । यसै वर्षदेखि शिक्षा मन्त्रालयले एसईईमा सहभागी हुन परीक्षार्थीको उमेर १४ वर्ष पूरा हुनैपर्ने प्रावधान हटाएको छ । भने सैद्धान्तिक र प्रयोगात्मक दुवैतर्फ समग्रमा न्यूनतम ३५ प्रतिशत अङ्क ल्याउनै पर्ने व्यवस्था गरेको छ । विगतमा सैद्धान्तिकतर्फ न्यूनतम उत्तीर्ण अङ्क समेत ल्याउन नसक्ने परीक्षार्थीले पनि प्रयोगात्मकतर्फ उच्च अङ्क ल्याउने गरेको र यसले समग्र नतिजाको ग्रेडिङ गर्दा उच्च स्थानमा पार्न सहयोग पु¥याउने गरेको थियो । कार्यक्रम शिक्षा विकास तथा समन्वय ईकाईका शाखा अधिकृत विदुर चापागाईले गरेका थिए ।