• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • बागलुङ ,
  • कला/मनोरञ्जन

बागलुङमा यसरी घन्किन्छ वर्षौ पुरानो ‘फागु’ गित 

  • चैत ११, २०८०

बागलुङ - ‘मजाको फागुन जानमा लाग्यो, धड्कन लाग्यो छाती हो । 
औँला काटी कलम बनावे रगतकी मसिया बनायी, यै हो । 
हाय हाय रगत के मसिया बनावे सखियाँ । धड्कन लाग्यो छाती हो । ’

बागलुङ बजारको नारायणचोकको चौतारीमा आईतबार विहानै देखी युवा र पाका पुस्ता यही गित गाउँदै रमाउँदै थिए । पाका पुस्ताले गितको भाका झिक्थे भने नयाँ पुस्ताले यसलाई साथ दिएका थिए । आईतबार होलीको दिन बागलुङका नेवार समुदायले मादल र मुजुराको ताल सँगै लयबद्ध बनाउँदै गाउँदै होलीको रङ सँग रमाउँदै थिए । उनिहरुले गाएको यही ऐतिहासिक फागु गीतले युवायुवतीदेखि बुढाबूढीसम्मको ध्यान तान्यो । मादल बजाउँदै बजार परिक्रममा गर्दै गर्दा घरको छलबाट धेरैले नियालेका थिए । आईतबार पहाडी क्षेत्रमा होलीको रौनक थियो । सडकमा युवा युवती , ‘ह्यापी होली –ह्याप्पी होली’  भनि रमाईरहेका यहाँका नेवार समुदायले भने बर्षौ पुरानो फागु गित घन्काउँदै बजारमा छुट्टै माहोल बनाएका थिए । यहाँमा नेवार समुदायले हरेक वर्ष होली पुर्णिमाका दिन आफ्नो परम्परागत संस्कृतिको संरक्षण गर्दै यो पर्व मनाउँदै आएका छन ।  नेवार समुदायमा सामुहिक भोज सहित यो गित गाएर फागु अर्थात होली खेलिन्छ । होलीमा नेवार मात्र हैन अन्य समुदायका व्यक्तिहरुको पनि उपस्थिति रहेका थियो । 
पुरानो ‘फागु’ गीत गाउँदा युवायुवती आश्चर्यमा
होलीमा शुभकामना बाढ्नका लागि पुगेका बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले यो भाका सुन्दा नौलो लागेको बताए । अन्य ठाउँमा रङ दलेर खुसी साटासाट गरेर मनाउने गरेको होली पर्व यहाँका नेवार समुदायले फागु गित गाएर फरक शैलीमा मनाएको देख्दा आफु आश्चर्यमा परेको बताए । पाका देखी युवा सम्मका पुस्ताले तिन सय वर्ष पुरानो फागु गीत गाउँदा छुट्टै रौनकता देखिएको थियो । प्रमुख जिल्ला अधिकारी रिजालले भने—‘अन्य स्थानमा भन्दा यहाँ होली मनाउने शैली फरक माने । यसले होलीको फरक संस्कृति झल्काएको छ । 
फागु गित सुन्न र नाँच हेर्नका लागि युवा युवतीहरुको भिड लागेको थियो । परम्परालाई संस्थागत गर्ने उद्देश्यले ‘नेपाल भाषा मङ्का खल’को आयोजनामा बागलुङ बजारमा तिन सय वर्ष पुरानो फागु गीत गाइएको नेपा भाषा मङ्का खल बागलुङका अध्यक्ष मुकेश राजभण्डारी बताउछन । होलीको रौनकतामा पश्चिमा संस्कृति भित्रिएको समयमा मौलिक पहिचान दिने पुरानो ‘फागु’ गीत गाउँदा युवायुवती आश्चर्यमा परेको उनि बताउँछन । नेवारी समुदायमा प्रचलित उक्त गीत नेपाली र अन्य भाषामा लिपिबद्ध रहेको राजभण्डारीको भनाई छ । राजभण्डारीका अनुसार करिब ३ सय वर्ष पहिलेदेखी फागु पुर्णिमाको दिन यो गित गाउने प्रचलन रहेको छ । 
‘फागु गीतमा बलि राजा, विष्णु, महादेव, गणेश, लक्ष्मण, दशरथ, भीमसेन र इन्द्रै जो आए पनि फागुको मजा लिन्छौं फागुको राग लिन्छौँ गाउँछौँ, भनेर भनिएको छ । महिला पुरुषबीचको मायाप्रेम, कृष्ण र गोपीनीबीचका माया पिरतीलगायतका भाव गीतमा समावेश गरिएको मङ्का खल बागलुङका संस्थापक संयोजक प्राज्ञा प्रेम छोटाले जानकारी दिए । 
‘हामीले संस्कृतिको प्रवद्र्धन गर्न होलीका अवसरमा निकै पुरानो फागु गीत गाउँदै आएका हौं”, छोटाले भने, ‘मनको भावनालाई वसन्त राग शैलीमा रङ्याउने गीत नै फागु गीत हो ।’ केही वर्षअघिसम्म शहरबजार र गाउँघरमा ‘फागु’ पूर्णिमा भनेर बोलिने रङ र आत्मीयताको पर्व अहिले होली भएसँगै परम्परागत महिमा र रौनक हराउँदै गएको प्रति यहाँका नेवार समुदाय चिन्तित छ । 
मौलिक संस्कृतिको जर्गेनामा ःमङ्का खल 
फागु पूर्णिमाको मौलिकता हराउँदै गएपछि यसको जर्गेनाका लागि नेपाल भाषा मङ्का खल बागलुङका संरक्षणमा जुटेको छ । पुरानो संस्कृतिलाई हामी हराउँन दिँदैनौं मङ्का खल बागलुङका अध्यक्ष राजभण्डारीले भने, यसको हाम मौलिक संस्कृति जगर्नेनाका लागि पहल थालेका छौं । यहाँ धेरै पुराना संस्कृति छन, यिनको नयाँ पुस्तामा हस्तान्तरणको लागि हामी पहल थालेका छौं । फागु पूर्णिमाको मौलिकता जोगाउनु हामी सबैको दायित्व हो । मङ्का खलले यहाँका अन्य स्थानिय संस्कृतिको संरक्षणमा पनि जुटेको अध्यक्ष राजभण्डारीले बताए । मङ्का खलले यहाँका नेवार समुदायका हरेक संस्कृतिको जगेर्नाका लागि नयाँ पुस्तान्तरणका लागि जोड दिएको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ बताउँछन । श्रेष्ठले बागलुङमा रहेका यस्ता पुराना कला संस्कृतिको संरक्षणका निम्ती बागलुङ नगरपालिकाले निरन्तर सहयोग गर्ने बताए । उनले कला संस्कृतिको संरक्षणले यहाँको मौलिकता जिवित रहने र पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने बताए । श्रेष्ठले मंकाखलले बागलुङका विभिन्न संस्कृतिको संरक्षणमा ठुलो टेवा पु¥याएको बताए ।  उनले पुराना पुस्तालाई युवाहरुले निरन्तर साथ दिएर हरेक संस्कृतिको पुस्तान्तरण पनि हुन जरुरी रहेको बताए । मंका खलले  नयाँ पुस्तालाई पनि नेवारी संस्कृतिहरु सिकाउँदै आएको छ । 

प्रतिक्रिया