काँग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश निर्वाचित

  • पुस १, २०७८

काठमाडौ- नेपाली काँग्रेसको १४ औ महाधिवेशनमा महामन्त्री पदमा गगन कुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन । थापाले ३०२३ मत प्राप्त गरेका छन भने शर्माले १९८४ प्राप्त गरी निर्वाचित भएका हुन ।  शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका थापाले सबैभन्दा बढी मत ल्याएर महामन्त्रीमा निर्वाचित भएका हुन् । थापाले शर्मालाई  १०३९ मतान्तरले अग्रता लिएर बिजयी भएका छन भने शर्माले अर्का उम्मेदवार प्रकाशशरण महतलाई ४ सय ३४ मतको अन्तरले निर्वाचित भएका छन । महामन्त्रीमा देउवा समुहका उम्मेदवार महत र प्रदिप पौडेलले भने पराजय बेहोर्नु परेको छ । महतले १५ सय ५० मत प्राप्त गरेका छन भने पौडेलले १४०९ मत प्राप्त गरेका छन । त्यसैगरी शेखर कोईराला पक्षका उम्मेदवार मिनेन्द्र रिजालले  ८०९ मत प्राप्त गरेका छन भने अर्का उम्मेदवार राजाराम कार्की १०७ मत प्राप्त गरेका हुन । 

यसैबीच मीनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिने घोषणा गरेका छन् । महामन्त्रीको प्रारम्भिक मतपरिणाम आएसँगै उनले राजीनामाको घोषणा गरेका हुन् ।

महत र पौडेल संस्थापन प्यानलबाट उम्मेदवार बनेका हुन् भने रिजाल र थापा भने कोइराला प्यानलका उम्मेदवार हुन् । त्यस्तै शर्मा प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए । त्यस्तै कार्की भने विमलेन्द्र निधिको प्यानलका उम्मेदवार हुन् । सभापतिमा पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा गएको थियो । दोस्रो चरणमा सिंह र निधिले देउवालाई समर्थन गरेका थिए ।

प्रतिक्रिया