काँग्रेस महाधिवेशन: बागलुङबाट ८ जना केन्द्रीय सदस्यमा भिड्दै

  • मङ्सिर २७, २०७८

बागलुङ- शुक्रबार देखी सुरु भएको नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशनमा बागलुङ जिल्ला बाट आठ जनाले उम्मेदवारी दिएका छन । यस अघि पनि केन्द्रिय सदस्य जितेकी रत्ना शेरचनले पुन आफ्नो उम्मेदवारी प्रस्तुत गरेकी छन । शेरचन सहित काँग्रेस बागलुङका पूर्व पार्टी सभापति एवं गण्डकी प्रदेश सरकारका पर्यटन उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मणिभद्र शर्मा कँडेल, पुर्व सभापति एवं संविधान सभा सदस्य प्रकाश शर्मा पौडेल, पुर्वराज्यमन्त्री चम्पादेवी खड्का, पुर्व सांसद निरबहादुर पुन निरज, त्रिविक्याम्पसका पुर्व स्ववियु सभापति एवं महासमिति सदस्य  भिम श्रीष, महाधिवेशन प्रतिनिधि प्रेम छन्त्याल र टेकराज पौडेलले केन्द्रिय सदस्यका लागि उम्मेदवारी दिएका छन । 
सवै केन्द्रिय सदस्य छुट्टाछुट्टै क्षेत्रबाट उम्मेदवारी बनेका छन । शेरचन जनजाति महिला तर्फ कंडेल र पौडेल खसआर्य खुल्लातर्फ खड्का खसआर्य महिला तर्फ पुन र श्रीष आदिवासी जनजाती तर्फ टेकराज पौडेल खुल्ला र प्रेम छन्त्याल अल्पसंख्यकमा आफ्नो उम्मेदवारी दिएका छन । यि सवै पदमा सोमबार विहान देखी नै निर्वाचन सुरु भएको छ । उम्मेदवार मध्ये मणिभद्र शर्मा कंडेल र चम्पा खड्का संस्थापन पक्ष अर्थात देउवा  पक्षका हुन । यद्धपि शेरबहादुरको प्यानलमा खड्काको नाम छ भने शर्माको नाम देखिदैन । 
त्यसैगरी केन्द्रिय सदस्यका उम्मेदवार रत्ना शेरचन, प्रकाश शर्मा पौडेल, निरज पुन, टेकराज पौडेल, भिम श्रीष र प्रेम छन्त्याल संस्थापन इतर समुहका हुन । उनिहरु कोईराला र पौडेल पक्षको सहुमहबाट उम्मेदवारी दिएका हुन ।  
यस अघि महिला नेतृ शकुन्तला शर्मा, युवा नेता डिल्लीराम सुवेदीले पनि उम्मेदवारी दिने चर्चा रहे पनि शर्माले शेखर कोईरालाको प्यानललाई सघाउने गरी उम्मेदवारी फिर्ता लिएकी छन भने सुवेदीले उम्मेदवारी नै दिएनन् । 
 

प्रतिक्रिया