साझेदारीको युवा लक्षित वित्तिय साक्षरता 

  • चैत १३, २०७९

बागलुङ-    बागलुङमा संचालित साझोदारी बहुउद्देश्यी सहकारी संस्था लिमिटेडले युवा लक्षित वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।  बचत गर्ने बानिको विकास गर्न सवै शेयर सदस्यलाई आग्रह गर्दै कार्यक्रम संचालन गरेको हो । राष्ट्रिय सहकारी महसंघको आह्वानमा ग्लोवल मनि विक २०२३ अन्तरगर्त युवाहरुका लागी उक्त तालिमको आयोजना गरिएको हो । 
तालिमका आवसरमा सहमागीहरुलाई बचत गर्ने बानिको विकास गर्न आह्वान गरिएको थियो ।  तालिमको सहजिकरण गर्दै संस्थाका अध्यक्ष तेज प्रसाद शर्माले आम्दानीको केहि प्रतिशत रकम भविष्यका लागी बचत गर्न आग्रह गरेका थिए ‘हाम्रो दैनिक जिवनमा विभिन्न शिर्षक र कामहरुमा विभिन्न रकम खर्च गर्ने गर्दछौ’ अध्यक्ष शर्माले भने ‘खर्चको तालिका बनाएर आवस्यकताको निर्धारण गर्दा कम खर्च हुने र बचत बढी हुने अवस्थाको सृजना गर्न सकिन्छ ।’ परिवर बसेर पारिवारीक बजेट निर्माण गरी त्यसको कार्यान्वयन गर्दा अनावस्यक रुपमा हुने खर्च कटौति गर्न सकिने  शर्माको भनाई थियो । उक्त अवसरमा सहभागीहरुलाई संस्थाको हाल सम्मको अवस्था र आगामी दिनका लागी संस्थले तय गरेको रणनितीको बारेमा जानाकारी गराईएको थियो । 
२०६४ सालमा स्थापना भएको संस्थामा एक हजार सात सय २१ जना शेयर सदस्य तथा शेयर पुजी ४ करोड ९९ लाख ६९ हजार ४ सयरुपैँया रहेको संस्थाले जनाएको छ । १७ करोड निक्षप रहेको संस्थाले २० करोड ६० लाख कर्जा लगानी गरेको छ ।  विभिन्न कोषमा १ करोड ९२ लाख रुपैया रहेको संस्थाको कुल पुजी २३ करोड ५० लाख रुपैया रहेको छ । यस्तै संस्थाले शेयर सदस्यता एवं शेयर पुँजीमा वृद्धि, बचत वृद्धि, ऋण लगानी, सामाजिक सुरक्षा कोष, सहकारी शिक्षा तथा तालिम, सामाजिक सेवा, अध्ययन एवं अवलोकन भ्रमण, सम्मान एवं पुरस्कार र कारोबारका आधारमा मुनाफा वितरण लगाएका काम गर्दै आएको छ । संस्थाका अध्यक्ष तेज प्रसाद शर्माले सजिकरण गरेका हुन । तालिममा संचालन संस्थाका सचिव डिल्लीप्रसाद गौतमले गरेका थिए । तालिमा ४७ जनाको सहभागीता रहेको थियो ।
 

प्रतिक्रिया