बागलुङ- नेपाली काँग्रेस ढोरपाटनले देउसी भैलो खेलेर ६ लाख बढी आर्थिक संकलन गरेको छ । आइतबार एक कार्यक्रम गरि आय–व्याय गर्दै २०७८ सालको देउसी भैलो कार्यक्रमबाट ६ लाख २ हजार रुपैयाँ संकलन भएको नेपाली काँग्रेस ढोरपाटन नगरपालिका वडा नम्बर १ का सभापती बान बहादुर छन्त्यालले बताए ।
बुर्तिबाङ बजार क्षेत्रमा दुई दिन खेलिएको देउसी भैलोबाट उक्त मात्रामा रकम संकलन भएको र १ लाख खर्च भई बाँकी रकमले पार्टीको सम्पर्क कार्यालय सञ्चालन गर्न र विपदमा परेका नागरिकको सहयोगका लागि सहयोग पुग्ने बताइएको छ । बाँकी रकम बैँक खातामा जम्मा गरिने छ । आवश्यक पर्दा प्रयोग गर्ने गरी पार्टीको नाममा रकम जम्मा गरिने कांग्रेस ढोरपाटन नगरले जनाएको छ ।
कार्यक्रममा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधी सोम पौवीले बोल्दै लामो समय पछि पार्टीको तर्फबाट खेलिएको देउसी कार्यक्रमले नयाँ पुस्तालाई थप उर्जावान बनाउनुका साथै कला र सँस्कृतिको जर्गेनामा समेत महत्वपूर्ण भुमिका खेलेको बताए । कार्यक्रम नगर सचिव टिकाराम पाण्डेले सञ्चालनमा सम्पन्न भएको थियो ।