पर्यटन विकासका पुर्वाधार निर्माणमा निजी क्षेत्रले सहकार्य गछौं -चन्द्र ढकाल

  • ब‌ैशाख ४, २०८१

बागलुङ-  नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मिक तथा पर्यटन क्षेत्रका पुर्वाधार निर्माणका निम्ती निजी क्षेत्रले सहकार्य गर्ने बताएका छन । उनले पर्यटन क्षेत्रको विकासका निम्ती धार्मिक तथा ऐतिहासिक क्षेत्रको विकास गर्न जरुरी रहेको हुँदा त्यसका निम्ती निजी क्षेत्रले सहकार्य गर्ने तयार रहेको बताएका हुन । बागलुङको ऐतिहासिक शक्तिपिठ कालिका भगवती मन्दिर परिसरमा आयोजित चैत्राष्टमी मेलाको मुख्य समारोहमा बोल्दै ढकालले नेपालका हरेक धार्मिक तथा पर्यटकिय क्षेत्रको विकास र संरक्षणमा निजी क्षेत्रले सहकार्य गर्ने बताएका हुन ।  
‘हामी संघ, प्रदेश र स्थानिय तह सँग सहकार्य गरेर पर्यटकिय क्षेत्रको विकासमा सहकार्य गर्नेछौं ढकालले भने,—‘गण्डकी प्रदेशको बागलुङ जिल्ला पर्यटनको हवको रुपमा विकास भएको हेर्न चाहन्छौं । यसमा निजी क्षेत्रले पनि सहकार्य गर्ने छन र पर्यटन पुर्वाधार विकासमा सहयोगी बन्नेछन ।’ उनले बागलुङ आफ्नो गृह जिल्ला भएका कारण यहाँको प्रमुख धार्मिक शक्तिपिठ कालिका भगवती मन्दिर, भैरवस्थान, पञ्चकोट, विहुँकोट जस्ता दर्जनौं सम्पदाको विकासका निम्ती निजी क्षेत्र लगानी गर्न तयार रहेको बताए । ढकालले पर्यटन भुलाउनका निम्ती पुर्वाधार विकास पहिलो प्राथमिकतामा राखेर यसमा जोड दिनुपर्ने बताए । 
‘यस क्षेत्रको पर्यटन विकासका निम्ती निजी क्षेत्रको साझेदारीको हिसाबले सहकाय गर्नेछौं,। धौलागिरी क्षेत्रको विकासका निम्ती चिन सँग जोडिएको कोराला नाकालाई व्यवस्थित गरेर संचालन गर्न सक्यौं भने अझै फाईदा हुनेछ ढकालले भने,—‘यसमा निजी क्षेत्रले के सहयोग गर्नुपर्ने छ त्यसमा समन्वय गरौं, कोराला नाकालाई व्यवस्थित गरेर नियमित संचालन गर्ने कुरामा जोड दिउँ ।’  उनले बागलुङ कालिका मन्दिर देशकै प्रमुख धार्मिक पर्यटकको गन्तव्यको रुपमा विकास भएको हुँदा यसको संरक्षण र प्रवद्र्धनका निम्ती सवैले सहयोग गर्न जरुरी रहेको बताए । ढकालले चैत्राष्टमी मेला एउटा इतिहास बोकेको मेला भएको हुँदा यसलाई अझै व्यवस्थित गर्नका निम्ती सहकार्य गरेर अगाडी बढ्ने बताए । उनले यहाँ उत्पादन भएको बस्तुको बजारीकरणका निम्ती उद्योग बाणिज्य संघ लगायतले सहकार्य गरेर सहजता गराउनुपर्नेमा जोड दिए । 
गत चैत्र ३० गते देखी संचालन भएको चैत्राष्टमी मेला बैशाख ६ गते सम्म संचालन हुनेछ । मेलामा राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिता, खुल्ला दोहोरी गित प्रतियोगिता, खुल्ला छेलो प्रतियोगिता लगायतका कार्यक्रमहरु संचालन गरिएको मेला मुल आयोजक समितिका संयोजक एवं कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए । मेलामा स्थानिय बस्तुहरु डाला, नाङ्ला, मादल लगायतका बस्तुहरुको विक्रि वितरणका लागि राखिएको छ  । 
चैत्राष्टमी मेलाको मुल समारोहमा बोल्दै महासंघका अध्यक्ष चन्द्र ढकाल

प्रतिक्रिया