बागलुङ- शुक्रबार देखी सुरु हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महिला नेतृ शकुन्तला शर्माले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी छन । नेपाल महिला संघ बागलुङको अध्यक्ष सँगै नेपाल ट्रेड युनियन काँग्रेस राष्ट्रिय महिला समितिको उपाध्यक्ष समेत रहेकी शर्माले सामाजिक सञ्जाल आफ्नो उम्मेदवारी घोषणा गरेकी छन । उनले केन्द्रीय सदस्य (महिला) गण्डकी प्रदेश तर्फ आफ्नो उम्मेवारी रहेको दाबि गरिन । उनले बागलुङका सवै स्थानिय तहमा महिला संघको संगठन विस्तार गरी महिलाहरुलाई राजनितिमा सक्रिय बनाउन महत्वपुर्ण भुमिका खेलेकी छन । शर्माले महिला अधिकारकर्मीको रुपमा काम गरेर जिल्लामा आपत विपत परेका र अन्यायमा परेका महिलाहरुको न्यायका लागि बारम्बार लड्दै आएकी छन । शर्माले श्रमिकहरुको हकहितका लागि लड्ने संस्था नेपाल ट्रेड युनियन काँग्रेस को केन्द्र तहमा रहेर देशभरी राम्रो नेटवर्क बनाएकी छन ।
गएको स्थानिय तहको निर्वाचनमा बागलुङ नगरपालिकाको उपप्रमुखमा झिनो मतले पराजय बेहोरेकी उनले बागलुङ काँग्रेसका हरेक अभियानमा नेतृत्वदायी भुमिका खेल्दै आएकी छन । शर्मा महाधिवेशन प्रतिनिधिमा सवैभन्दा बढि मत ल्याएर निर्वाचित भएकी थिईन । स्नाकोत्तरको अध्ययन पुरा गरेकी शर्मा शिक्षकबाट अवकार प्राप्त हुन । उनि नेपाल शिक्षक संघ बागलुङमा रहेर लामो समय सम्म निरन्तर काम गरेकी थिईन ।
शर्माले महिलाहरु पनि नेतृत्व तहमा रहेर काँग्रेसलाई रुपान्तरणको बाटोमा लैजानका निम्ती आफ्नो उम्मेदवारी रहेको बताईन । ‘मेरो उम्मेदवारी काँग्रेसलाई रुपान्तरण गरेर बलियो र मजबुत काँग्रेस निर्माणका निम्ती हो, शर्माले भनिन्–‘आफ्ना अनुभवलाई कार्यकर्ता माझ बाँडेर र सवल र सक्षम काँग्रेस निर्माणका लागि अहोरात्र खट्ने छ ।’ शर्माको देशभर नै सवै नेता कार्यकर्ता सँग राम्रो पहुँच रहेको छ । जिल्लामा संस्थापन इतर समुहबाट महाधिवेशन प्रतिनिधि जितेकी शर्मा केन्द्रमा पनि पौडेल पक्षकै प्यानलबाट उम्मेदवार बन्न लागेकी हुन । काँग्रेसका केन्द्रिय महाधिवेशन मंसिर २४ देखी २८ गते सम्म काठमाण्डौमा संचालन सुरु भएको छ ।