जैमिनीको निति: कृषिमा आर्कषण गर्न किसानलाई परिचयपत्र

  • असार ८, २०८२

बागलुङ- जिल्लाको जैमिनी नगरपालकाले नगरभित्रका सवै किसानहरुलाई सुचिकरण गरेर परिचयपत्र दिने भएको छ । नगरपालिकाको सत्रौं नगरसभामा आर्थिक बर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख नरबहादुर पुनले कृषि क्षेत्रमा आर्कषण बढाउन र कृषकलाई सम्मान गर्न नगरपालिकाले किसानलाई परिचयपत्र दिने बताएका हुन ।  नगरपालिका त्रिका सबै किसान सूचिकरण भएको पालिका बनाइने  नीतिमा उल्लेख छ ।
नगरपालिकाले किसानलाई प्रोत्साहन गर्न जैमिनीले पशुपालन तर्फ बाख्रा जोन बनाउने र दूध उत्पादन बढाउने नीति लिएको छ । दूग्धजन्य परिकारलाई मूल्य ऋखलामा जोडेर बन्द रहेका फर्म पनि संचालनमा प्रोत्साहन गरिने भएको हो । त्यसकालागि ‘निशुल्क नश्ल सुधार, दुध उत्पादनको आधार’ भन्ने नारा तय गरिएको छ । दुध उत्पादन र बिक्रीमा नगरपालिकाले अनुदान पनि दिने भएको हो ।
 सेरा जाऔं केरा खाऔंको निरन्तरता सहित सुन्तला पकेट, बाख्रा जोन लगायतका कार्यक्रम संचालन गर्ने पनि नीतिमा उल्लेख छ । कृषि र पशुपालनमा धेरै किसान जोडिएकोले उनीहरुलाई दिने प्राविधिक सीप, अनुदान र बजारीकरणका लागि किसान सूचीकरण आवस्यक भएको पुनको भनाइ छ ।
किसानकै लागि नीतिमा सबैभन्दा धेरै बुँधा समावेश छन् । जस अनुसार अण्डा र मासुमा आत्मनिर्भर बनाउने, उत्पादन र बिक्रीमा आधारित अनुदान दिएर काम गर्ने किसान प्रोत्साहन कार्यक्रम ल्याएको उनले बताए । हलगोरु पाल्ने किसानलाई प्रोत्साहन गर्ने, राँगो र बंगुरलाई मासुको बजारीकरणमा जोड्ने, पाडापाडी उत्पादन बढाएर चीनसम्म मासु निर्यातको लागि तयारी बनाउने जैमिनीको योजना छ ।
गतवर्ष नै शुरु गर्ने भनिएको कृषि एमबुलेन्स संचालन गर्ने नीति समेत आएको छ । उत्पादन बढाउन पशुको निशुल्क नस्ल सुधार गर्ने, पशुलाई खोप लगाउने, औषधी र अन्य उपचार गराउने देखि उत्पादनलाई बजार पठाउने काममा नगरले किसानलाई साथ दिने भएको हो ।

रैथाने बालीको उत्पादन बढँउने नीति पनि नगरको छ । सिरिम्ले मकै, कोदो, फापर, सिस्नो, टिमुर, भाँगो, आलु र निउरो लगायतका उत्पादनको लेबलिङ र प्याकेजिङ गरिने नीतिमा उल्लेख छ । 
 कृषिको उत्पादकत्व बढाउन बाँदर नियन्त्रण जरुरी भएको नीतिमा उल्लेख छ  । बाँदरकै कारण किसानले बस्ती छाडेर हिडेको, उत्पादकत्व घटेको र किसानहरुले जमिन बाँझै छाड्न थालेपछि यो काम थाल्ने नीतिमा नगरपालिका पुगेको हो । वडा नंं ८ को पुरानो गाउँमा बाँदर बगैचा निर्माणकोलागि काम थाल्ने नीतिमा उल्लेख गरिएको हो । वन ऐन, बन्यजन्तु सम्बन्धी कानूनहरु समेतले बाँदर बगैचा निर्माणको काम रोकिएको छ । बाँदरलाई संघिय सरकारले पनि कृषिको हानिकारण बन्यजन्तुमा राख्ने भएपछि बाँदर बगैचा बनाएर किसानको बाली संरक्षण गर्ने जैमिनीको नीति आएको हो ।
निति तथा कार्यक्रममा शिक्षाको गुणस्तर बढाउन लिड स्कुल मार्फत पढाई संचालन गर्न भएको छ । आगामी आर्थिक बर्षदेखि हरित विद्यालय कार्यक्रम सञ्चालन गर्ने र एक वडा एक आवासीय माध्यामिक विद्यालय, एक विद्यालय एक करेसाबारी बनाउने गरी योजना अगाडी बढाएको छ । 
हरित कार्यक्रमबाट विद्यार्थीलाई उपयुक्त सिकाई वातावरण र पोषिलो आर्गानिक खाजा समेत तयार हुने विश्वास गरिएको बताए ।
नगर प्रमुख पुनले पढ्दै कमाउँदै कार्यक्रमद्वारा उद्धमशिलता तथा उत्पादनसँग जोड्ने र शिक्षकलाई प्रबिधिसँग जोड्ने क्रियाकलापहरु सञ्चालन गर्ने बताए । स्थानीय उत्पादनलाई पाठ्य सामाग्रीको रुपमा प्रयोग गरिनेछ ।
सुत्केरी महिला, आकस्मिक बिरामी र जटिल दुर्घटनाका बिरामीलाई हेली उद्दार गर्न सबै वडामा हेलीप्याड बनाउने भएको हो । १० वडा रहेको जैमिनीमा अघिल्लो बर्ष नै ३ वटा वडामा पक्की हेलीप्याड बनाइएको छ ।
नगरपालिकाले अघिल्लो वर्ष देखी सुरु गरेको छोरी जन्मेमा जन्मदर्ता गर्दा २ हजार ५ सयको खाता खोलिदिने नीति लाई निरन्तरता दिएको छ । त्यसैगरी नगरपालिका भित्र रहेका सुकुम्बासीलाई घर उपलब्ध गराउने नगरले निति ल्याएको उपप्रमुख हरिहर शर्माले बताए ।  नगरपालिकाले ल्याएका निति तथा कार्यक्रममा उल्लेख गरेका विषयबस्तुमा बजेटमा सम्बोधन गरी प्रभावकारी कार्यान्वयन गरी समृद्धि जैमिनी बनाउने नगरउपप्रमु शर्माले बताए ।  नीतिमा १३ वटा दिगो सडकलाई निरन्तरता दिने, बसपार्क निर्माण गरिने, अलपत्र परेको प्रशासकीय भवन सक्ने, सबै वडा कार्यालयहरु निर्माण गरेर आफ्नै भवनबाट सेवा दिने कार्यक्रम पनि समावेश गरिएको छ । 

प्रतिक्रिया