• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • राजनिति ,
  • अर्थतन्त्र

बागलुङको विकास बजेट ७५ प्रतिशत मात्र खर्च

  • साउन ४, २०७९

बागलुङ- आर्थिक वर्ष २०७८।०७९ मा बागलुङ जिल्लामा विकास बजेटको जम्मा ७५ प्रतिशत रकम खर्च भएको छ । जसमा असार महिनामा मात्रै ३४ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । कार्यालयकोे तथ्याङक अनुसार पुूँजीगत खर्चमा संघ अन्तर्गतका योजनामा ५८.२५ प्रतिशत र प्रदेशका योजनामा ४३.४१ प्रतिशत रकम खर्च भएको छ । 
    संघ तर्फको योजनामा पूँँजीगत खर्चको कुल १ अर्व ५४ करोड २६ लाख ९२ हजार ५०० रुपैँया मध्ये ८९ करोड ८५ लाख ७४ हजार १६४ रुपैँया मात्र खर्च भएको छ । पुँजीगत तर्फ नै प्रदेश सरकारबाट आएको कुल २ अर्व ९ करोड, ८८ लाख २७ हजार रुपैयाँ बजेटमा १ अर्व ८४ करोड १५ लाख ९० हजार ६१९ रुपैयाँ खर्च भएको कार्यालयका प्रमुख कोष नियन्त्रक धर्मभक्त बस्यालले जानकारी दिए । 
जिल्लामा चालु खर्चमा भने राम्रै रकम खर्च भएको छ । कुल रकमको ९४ प्रतिशत रकम खर्च भएको हो । जसमा संघ तर्फ ९६.५० प्रतिशत रकम र प्रदेश तर्फ ७५.२८ प्रतिशत रकम खर्च भएको हो ।  चालु तर्फको कुल ८ अर्व १८ करोड, ५६ लाख, १४ हजार ३८८ रकम मध्ये ७ अर्व, ७३ लाख, १४ हजार ९९ हजार ५८९ रुपैयाँ रकम खर्च भएको हो । चालु र पुँजीगत गरी जिल्लामा ८८.५४ प्रतिशत रकम खर्च भएको कार्यालयले जनाएको छ । कुल ८ अवकार्यालयले पत्रकार सम्मेलन मार्फत जिल्ला भरी खर्च भएका विवरण सार्वजनिक गरेको हो । 
संघिय सेनाको गण प्रदेशमा खानेपानीमा सवै भन्दा बढि खर्च
संघिय सरकारको बजेटमा खर्च गर्नेमा श्री मेहर गण घोडाबाँधे सवै भन्दा अगाडी रहेको छ । चालु र पुँजीगत गरी ९९.९० प्रतिशत रकम खर्च गरेको छ । कुल ४१ करोड १८ लाख, ४० हजार ८९४ रुपैयाँ  बजेट मध्ये ४१ करोड १४ लाख १५ हजार ९५४ रुपैयाँ कार्यालयले खर्च गरेको छ ।  जिल्लामा विकासे अडाको रुपमा रहेको बजेट पनि बढि रहेको सधन सहरी विकास तथा भवन निर्माण आयोजनाले खर्च भने जम्मा ६०.६१ प्रतिशत गरेको छ ।  आयोजनाले कुल ६६ करोड, ८९ लाख ४ हजार ८४८ रुपैयाँमा ४० करोड ५९ लाख, ६६ हजार १६ रुपैयाँ खर्च गरेको छ ।  प्रदेश तर्फ खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले सवैभन्दा बढि रकम खर्च गरेको छ । कार्यालयले चालु तर्फ ८१ प्रतिशत र पुँजीगत तर्फ ९८.३२ प्रतिशत रकम खर्च गरेको हो । कुल १ अर्व ७ करोड ३५ लाख ३ हजार रुपैयाँमा १ अर्व ५ करोड, २७ लाख ४ हजार ७७ रुपैयाँ खर्च गरेको छ । जसमा कुल बजेटको ९८ प्रतिशत रकम खर्च गरेको कार्यालयको कोष नियन्त्रक डम्बर बहादुर भण्डारीले जानकारी दिए । कार्यालयबाट निकासा हुने निर्वाचनका लागि आएको रकम भने अधिकाशं स्थानिय तहमा सतप्रतिशत खर्च भएको छ । 
प्रदेशको बजेट ताराखोला र ढोरपाटनले खर्च गरन
प्रदेश सरकारको कार्यक्रममा ताराखोला गाउँपालिका, ढोरपाटन नगरपालिका र मालपोत कार्यालयको काम शुन्य रहेको छ । कार्यालयका अनुसार ताराखोला गाउँपालिकामा प्रदेश सरकारको १५ लाख रुपैयाँ, ढोरपाटन नगरपालिकाको ५ लाख रुपैयाँ र मालपोत कार्यालयको १ लाख रुपैयाँ खर्च भएको छैन ।  जिल्लाका प्रदेश सरकार मार्फत आएको बजेट मध्ये जिल्ला समन्वय कार्यालयले ९९ प्रतिशत रकम खर्च गरेको छ भने खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको पनि राम्रै खर्च भएको छ । विषेश गरी पुर्वाधार तर्फका कार्यक्रममा लक्ष्य अनुसार रकम खर्च नभएको कार्यालय प्रमुख बस्यालले बताए । 
योजना कार्यान्वयन र बजेट खर्चिन नसक्नुको समयमा नै अख्तियारी नआउँदा भएको बस्यालको भनाई छ । केन्द्र र प्रदेशबाट अख्तियारी ढिलो प्राप्त हुनु र स्थानीय तहका योजना ढिलो सम्झौता गने र काम समयमा नसक्नुले ने बजेट खर्चिन समस्या परेको उनि बताउँछन । 
 

प्रतिक्रिया