बैंकर्स बागलुङले मानब सेवा आश्रम लाई नगद सहयोग हस्तान्तरण गरेको छ। बागलुङ स्थित सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत शाखा प्रमुख हरूको नित्तान्त ब्यक्तिगत सहयोग बाट सङ्कलित एकमुष्ठ २५, हजार रुपैयाँ सोमबार एक कार्यक्रमका बिच मानब सेवा आश्रम बागलुङका अभिभावक सुनिता श्रेष्ठज्यू लाई हस्तानतरण गरिएको हाे।
कार्यक्रममा बोल्दै बैंकर्स बागलुङका अध्यक्ष दीपक शर्माले बैंकरहरु विशुद्ध परोपकारी भावनाले ओतप्रोत भै सामूहिक प्रयास बाट मानब सेवा प्रति समर्पित संस्था, मानब सेवा आश्रमकाे लागि उक्त रकम जुटाएको बताए । कार्यक्रममा बागलुङ स्थित सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका शाखा प्रबन्धक हरूको उपस्थिति रहेको थियो। कार्यक्रम बैंकर्स बागलुङअध्यक्ष का दीपक शर्मा को अध्यक्षता र सचिव हेमराज शर्मा काे सञ्चालनमा सम्पन्न भएको थियो।