नेपाली क्रिकेटर दिपेन्द्रसिंह एरी बागलुङ आउने भएका छन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर खेलाडी ऐरी ग्रेस इन्टरनेशनल बागलुङ शाखाले आयोजना गरेको ...
तितौरे भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा बागलुङ नगरपालिका वडा नम्बर ७ तितौरेमा एक महिने भलिबल प्रशिक्षण सुरु भएको छ ।
प्रशिक्षणको सोमबार उद्घाटन पछि बोल्दै गण्डकी प्रदेशका सांसद इन्द्रलाल सापकोटाले अन्तराष्ट्रियस्तरमा राष्ट्रलाई चिनाउन खेलकुदले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले डिजिटल प्रविधिको विकास पछि पछिल्लो समयमा युवाहरु अनलाईन गेम खेल्ने गरेकोले उक्त खेलले सानै उमेरबाट स्वास्थ्यमा समस्या देखा परेको बताए ।
सांसद सापकोटाले अनलाईन गेमले आक्रान्त पारेको अवस्थामा आउडोर खेलले समाजमा नेतृत्व लिन सक्ने युवाहरुको स्वास्थ्यमा समेत राम्रो हुने बताए ।
कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष खगराज पाण्डे, वडा सदस्य केशव कार्की र तितौरे माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जय बहादुर कार्कीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
उक्त प्रशिक्षण संचालनको लागि बागलुङ नगरपालिका, बागलुङ नगरपालिका–७ वडा कार्यालय र तितौरे सामुदायिक वन उपभोक्ता समुहले सहयोग गरेको छ । कार्तिक १० गतेसम्म संचालन हुने प्रशिक्षणमा म्याग्दी भलिबल संघका मुख्य प्रशिक्षक तेजेन्द्र बानियाँले प्रशिक्षण दिने आयोजकले जनाएको छ ।