कालीका संग्रहालय भवनको शिलान्यास

  • जेठ ७, २०७९

बागलुङको कालीका भगवती गुठी ब्यबस्थापन समितीले बागलुङ नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधि स्वागत गरेको छ । शनिबार मन्दिर परिसरमा एक कार्यक्रम आयोजना गरि नगर प्रमुख बसन्त कुमार श्रेष्ठ ,नगर उप प्रमुख राजु खड्का र वडा अध्यक्ष वडा सदस्यहरुलाई बधाई तथा स्वागत गरेको हो । 
बागलुङ नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख बसन्त कुमार श्रेष्ठले ऐतिहासिक धार्मिक पर्यटकीय गन्तव्य कालीका भगवती मन्दिर हजारौं पर्यटक भि¥याउने केन्द्र भएको हुँदा यसको विकासको लागि नगरपालिकाले कालीका भगवती गुठी ब्यबस्थापन संग सहकार्य गरेर अगाडि बढ्ने धारणा राखेका थिए । नगर प्रमुख श्रेष्ठ र नगर उप प्रमुख खड्काले एक कार्यक्रम बिच कालीका भगवती मन्दिर ब्यबस्थापन समितिले निर्माण गर्न लागेको कालीका संग्रहालय भवनको शिलान्यास गरेका थिए ।
कार्यक्रममा  नम्बर १ का वडा  अध्यक्ष जयबहादुर केसी ,वडा नम्बर २ का वडा अध्यक्ष ,सुरज बोसेल ,वडा नम्बर ३ का वडा अध्यक्ष शनि केसी लक्ष्मण ,वडा नम्बर ४ का वडा अध्यक्ष कुमार बिक्रम क्षेत्री ,वडा नम्बर ५ का वडा अध्यक्ष हरिप्रसाद शर्मा ,वडा नम्बर ६ का वडा अध्यक्ष रूद्र बहादुर केसी ,वडा नम्बर ७ का वडा अध्यक्ष मेघराज गैरे वडा नम्बर ८ का वडा अध्यक्ष राजु थापा ,वडा नम्बर ९ का वडा अध्यक्ष छमबहादुर केसी ,वडा नम्बर १० का वडा अध्यक्ष तिलबहादुर थापा वडा नम्बर ११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतम र वडा नम्बर १४ का वडा अध्यक्ष चक्रबहादुर खत्री लाई गुठीका अध्यक्ष कुमार खड्का लगायतका पदाधिकारीले फूल खादा र अबिर बाट स्वागत तथा सम्मान गरेको थियो । यस्तै गुठी ब्यबस्थापन समितिका सदस्य अर्जुन खड्का बागलुङ नगरपालिका वडा नम्बर ३ को वडा सदस्यमा निर्वाचित भएकोमा बधाई तथा स्वागत गरेको थियोे । यस्तै वडा नम्बर १ का वडा सदस्यहरू वडा नम्बर ४ का वडा सदस्यलाई समेत स्वागत सम्मान गरिएको थियो ।
कार्यक्रममा गुठीका निर्वतमान अध्यक्ष एवं नगर उप प्रमुख राजु खड्का गुठीका सचिव भरत खड्काले कालीका भगवती मन्दिरको चौतर्फि विकासको लागि सबैको भुमिका आवश्यक रहेको धारणा राखेका थिए ।  
कालीका भगवती गुठीका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा भएको कार्यक्रम संचालन कालीका भगवती गुठी ब्यबस्थापन समितिका कार्यालय प्रमुख तारा शर्माले गरेका थिए ।  
 

प्रतिक्रिया