बागलुङ- उत्पादन गर्ने कृषक र उपभाेक्ता बिचौलियाका कारण मारमा परेको भन्दै त्यसको अन्त्यका लागि बागलुङमा फलफूल तथा तरकारी मन्डी संचालनमा ल्याईएको छ । मिसन नेपाल कृषि सहकारी संस्था लिमिटेडले बागलुङ नगरपालिका वडा नम्बर ३ गुठीमा चिस्यान केन्द्र बी एण्ड डी फलफूल तथा तरकारी मन्डी संचालनमा ल्याएको हो । कृषिकहरुले उत्पादन गरेका वस्तुलाई सहज रुपमा बजारसम्म ल्याउने माध्यमका रुपमा यसको स्थापना गरिएको संस्थाका अध्यक्ष दलसिंह खत्रीले बताए । उनले विचौलियाले गर्दा कृषक र उपभोक्ता मारमा पर्ने गरेको भन्दै विचौलियाबाट कृषक र उपभोक्तालाई मुक्त गराउनका लागि आफूहरुले मन्डी संचालनमा ल्याएको जानकारी गराए । खत्रीले कृषकलाई प्रोहोत्सान गर्नुका साथै युवालाई स्वरोजगार गराउने समेत मन्डीले सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
मन्डीमा विषेश गरि स्थानीय स्तरमा उत्पादन भएका तरकारी तथा फलफूललाई विशेष प्राथमिकता दिएर ग्राहक र उत्पादकलाई मर्का नपर्ने गरि किन बेच हुने खत्रीको भनाई छ । कार्यक्रममा संस्थाका येशर सदस्य, उपभोक्ता मञ्च सदस्य लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम संस्थामा सचिव किशोर छन्त्यालको संचालनमा सम्पन्न भएको थियो । संस्थामा ४८८ जना शेयर सदस्य रहेका छन् । मन्डी २१ लाख रुपैयाँमा संचालनमा ल्याइएको संस्थाका सचिव छन्त्यालले जानकारी दिए । मन्डी संचालन भए सँगै कृषकबाट सिधै तरकारी खरिद गरिने छ भने बजार मुल्य पाउने छन । उपभाेक्ताले पनि सुपथ मुल्यमा खरिद गर्न पाउने बताईएको छ ।