बागलुङ- स्वास्थ्य सवै नागरिकका लागि सर्वसुलभ गराउने उद्देश्यले बागलुङको जैमिनी नगरपालिकाले गाउँगाउँमा स्वास्थ्य केन्द्रको स्थापना गरेको छ । नगरपालिकाले वडा नं. ८ को छिस्ती मर्नास र वडा नं. १० राङखानीको डाँडाखानीमा शहरी स्वास्थ्य केन्द्रको स्थापना गरेको हो । स्वास्थ्य केन्द्रको नगरप्रमुख इन्द्रराज पौडेलले उदघाट्न गरेका छन । हरेक नागरिकलाई स्वास्थ्यको पहुँचमा पु¥याउनका नगरभित्रका दुर्गम मानिने यो क्षेत्रमा स्वास्थ्य केन्द्रको स्थापना गरिएको नगप्रमुख पौडेलले बताए । उनले स्वास्थ्य केन्द्र स्थापना भए सँग गाउँमा सामान्य विरामी पर्दा कुश्मिसेरा र अन्य नजिकका स्वास्थ्य केन्द्रमा धाउन नपर्ने बताए । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ज्ञानराज कोईराला, स्वास्थ्य शाखा संयोजक गोविन्द प्रसाद शर्मा लगायतले बोलेका थिए । उदघाट्न कार्यक्रम छिस्तीमा वडा अध्यक्ष विजय अधिकारी र राङखानीमा वडाअध्यक्ष नरबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।