मोटरसाईकल दुर्घटनामा एक युवाको मृत्यु

  • फाल्गुण २६, २०७८

बागलुङ- मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङको निसीखोलामा मोटरसाईकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–३ बोहोरागाउँमा ध२प १९२१ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा स्थानिय ४० बार्षिय देविराम खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय भण्डारीले जानकारी दिए । विहान पौने १० बजेको समयमा झिवाखोलादेखि याङम्याङ तर्फ जाने क्रममा गहतेरा खोला नजिक दुर्घटना भएको हो । मोटरसाईकल अनियन्त्रीत भै सडकदेखी झण्डै २०० मिटर तल खस्दा खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । खड्का फर्निचर व्यवसायी रहेको स्थानिय बताएका छन । 
 

प्रतिक्रिया