युवा नेतृत्वमा आए भने काँग्रेस सुधारिने छ  

  • असोज ६, २०७८

विष्णुराज पौडेल-बीपीको नेतृत्वमा नेपाली कांग्रेस सबैभन्दा राष्ट्रवादी, लोकतान्त्रिक, अग्रगामी र प्रगतिशील पार्टी थियो । अब युवा नेतृत्वमा आएभने कांग्रेस सुधारिएको कांग्रेसको रुपमा स्थापित हुन्छ भन्ने बहस १४ महाधिवेशनमा चलेको बहस हो । युवाको बहस अनुसार गाँउ, नगर, हुँदै जिल्ला सम्म युवा नेतृत्व जवर्जस्ति स्थापित हुने परिदृष्य त देखियो तर केन्द्रीय नेतृत्वमा पुरानै होडबाजि देखिन्छ । यस्पालि पनि युवा नेतृत्वमा पुग्न मुस्किल छ । यस्पालि सर्वत्र चलेको बहस  युवा नेतृत्वको हो । युवा लहर पनि आइसक्यो  तर युवा नेतृत्वको परिक्षणको घडि गाउँ, नगर र जिल्लावाट शुरु हुदैछ, कांग्रेसमा उर्जा भर्ने अथवा दुर्घटनामा लैजाने ।
कांग्रेसमा सबै बीपी हुँदैनन् । गणेशमानले जस्तो त्याग, किशुनजिको जस्तो समर्पण, गिरिजाप्रसाद कोइराला जस्तो क्रियाशीलता, सवैमा हुन पनि सक्दैन । अब राजनितिमा आउने युवाहरुमा पनि त्यो लेभलको नेतृत्व देखिदैन ।
राजनितिमा जति अनुभवी भए पनि निश्चित उमेरपछि क्रियाशीलता घट्छ् । आफूभन्दा अर्कोले राम्रो गर्न सक्ने परिस्थिति बन्न सक्छ् । तेसैले देशको राजनितिले युवा खोजेको छ । विश्व परिवेश पनि त युवा नेतृत्वमा अगाडि बढिरहेको छ । युरोप र अमेरिकामा युवाले नेतृत्व सम्हाल्दै आएका छन् । युवाले राम्रो भिजन बोकेका पनि छन र युवा स्वार्थको बाटोमा दौडेका पनि छन । तर समग्रमा यस्पाली गाउँ नेतृत्वमा त करिब ६०% भन्दा बढि युवाहरु कांग्रेस नेतृत्व समालिसकेका छन । अब संघिय संरचना अनुरुपका नगरपालिका र गाँउपालिकामा पनि सोहि अनुपातमा युवाले नेतृत्व लिने वातावरण बन्छ । जिल्ला नेतृत्वमा पनि यस्पालि युवाहरुको उपस्थित बाक्लो हुने देखिन्छ । अब कसैले नचाएर पनि कांग्रेसको नेतृत्व त युवाको हातमा पुग्नेछ । तर युवा आउदैमा, परिवर्तन हुदैन अवको कांग्रेस, समस्या मात्र देखाउने हैन समाधान दिने, दुखमा रोइलाउने हैन सवैलाई शुखि बनाउने, अनुसासित कांग्रेस नेतृत्वको आवश्यकता हो । भ्रष्टाचार, तस्करि, गुन्डागर्दी र ठेकदारि वाला कांग्रेस हैन ।
हत्या, हिंसा, बलत्कार, अपहरण बाट गुज्रिएको समाज र हिंसात्मक र तोडफोडको राजनितिलाई सान्तिको बाटोमा लैजाने साथै अहिंसाका पुजारीहरु राजनिति भित्र निर्माण गर्ने युवा नेतृत्व आजको कांग्रेसको गन्तव्य हो । बिचार सुन्यताबाट व्यक्तिलाई नयाँ बिचार र नयाँ परिवर्तनको  बिकल्प दिने गरि बदलिएको कांग्रेस आजको आवश्यकता हो ।

प्रतिक्रिया