बागलुङ । नेपाल प्रेस युनियन बागलुड शाखाको अध्यक्षमा संगम घर्ती मगर सर्वसम्मत रुपमा चयन भएका छन । शनिबार सम्पन्न युनियनको २३ औं वार्षिक साधारणसभा तथा आठौं जिल्ला अधिवेशनमा घर्ति सर्वसम्मत चयन भएका हुन ।
समितिको उपाध्यक्ष सुवास आचार्य, उषा पौडेल, सचिवमा डम्मर बुढा मगर, कोषाध्यक्ष छविलाल पाण्डे, सहसचिवमा नवराज नेपाली चयन हुनु भएको छ । सदस्यहरुमा रामशरण पोखरेल, मञ्जुल शाक्य, भरत सापकोटा, कृष्ण समिर, जितबहादुर क्षेत्री, राजु शर्मा, लिला श्रीस, सुरेश छन्त्याल र चक्रवीर थापा चयन भएका छन् । अधिवेशनको उद्घाटन गण्डकी प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापाले गरेका थिए । नवनिर्वाचित अध्यक्ष घर्तिले बागलुङको पत्रकारिता क्षेत्रको विकासका निम्ती अनवरत रुपमा खट्ने बताए ।