बागलुङ -विश्व लगानीकर्ता सप्ताह – २०२३ को अवसरमा बागलुङमा लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम संचालन गरिएको छ । नेपाल धितोपत्र वोर्डको आह्रवान तथा नेपाल मचेंन्ट बैंकर संघको समन्वयमा ग्लोबल आइएमई क्यापीटल लिमिटेडले धवलागिरि बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीका लागि उक्त कार्यक्रम संचालन गरेको हो ।
पूँजी बजारमा नयाँ लगानीकर्तालाई अवसर प्रदान गर्न तथा पुराना अनुभवी लगानीकर्ता लाई थप प्रोत्साहन गर्नको लागि बागलुङमा गरीएको उक्त कार्यक्रमले पूँजीबजारको चेतनालाई थप अभिबृद्धि गराएको सरोकार वाला हरूले बताएका छन् ।
कार्यक्रममा नेपाल धितोपत्र बोर्डका उप कार्यकारी निर्देशक दिपेश ताम्राकार, ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अध्यक्ष प्रेम राज जोशीले पछिल्लो समयमा लगानीकर्तामा उचित जानकारी प्राप्त नहुँदा यसमा अलमल परेको बताए । कार्यक्रममा धवलागिरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रा. डा. राम प्रसाद उपाध्यायले यस्ता कार्यक्रमले व्यवस्थापन संकायमा अध्ययन गर्ने विद्यार्थीका लागि थप फाईदा हुने बताए । कार्यक्रममा ब्यवस्थापन संकायका विभागिय प्रमुख ध्रुव राज गौतम, ग्लोबल आइएमई बैंक लिमिटेड बागलुङका शाखा प्रबन्धक हेमराज शर्मा लगायतले नेपालमा लगानी गर्ने वातावरण अझै राम्रो हुन नसकेको बताए ।
छलफलमा उठेका प्रश्नहरुमा सवाल जवाफ नेपाल धितोपत्र बोर्ड का उप कार्यकारी निर्देशक दिपेश ताम्राकारले गरेका थिए , कार्यक्रम ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अध्यक्ष प्रेमराज जोशीको अध्यक्षता, र नायव प्रबन्धक छविलाल शर्मा पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।