ट्रेड युनियन काँग्रेस बागलुङको अध्यक्षमा ईश्वरठाकुर पौडेल

  • ब‌ैशाख १६, २०८०

बागलुङ । प्रजातन्त्रबादी श्रमिकहरुको संगठनको रुपमा रहेको नेपाल ट्रेड युनियन काँग्रेस बागलुङको सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सभा सदस्य चम्पादेवी खड्काले ट्रेड युनियनका अधिकार पेशागत हक हितको संरक्षण र सम्बद्र्धनका लागि नेपाली काँग्रेसले सधै प्राथमिकतामा राखेको बताईन । 
उनले काँग्रेसका पुर्व सभापति स्व. गिरिजा प्रसाद कोईरालाको नेतृत्वमा मजदुर आन्दोलबाट सुरु भएको ट्रेड युनियन अहिले हरेक श्रमिक वर्गको उत्थानको सारथी भएको बताईन । खड्काले नेपाली काँग्रेस अवको परिस्थितिमा बदलिएर अगाडी बढ्नुपर्ने धारणा व्यक्त गरिन । खड्काले काँग्रेसको संगठन मजबुद बनाउनका निम्ती ट्रेड युनियनको मुख्य भुमिका हुने बताईन । 
    कार्यक्रममा नेपाली काँग्रेस बागलुङमा सभापति एवं प्रदेश सभा सदस्य जित शेरचन, काँग्रेस बागलुङका सचिव एवं जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, नेपाल शिक्षक संघ गण्डकी प्रदेशका बरिष्ठ उपाध्यक्ष सागर खरेल, ट्रेड युनियन काँग्रेसका केन्द्रीय महिला विभाग उपाध्यक्ष एवं नेपाल महिला संघ बागलुङका अध्यक्ष शकुन्तला शर्मा, नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष उमाकान्त पौडेल, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कंडेल लगायतले अधिवेशन पुर्ण सफलताको कामना गरेका थिए । 
अधिवेशनमा सचिव कुमार प्रसाद उपाध्यायले सांगठनिक प्रतिवेदन र सह कोषाध्यक्ष इन्दु केसी आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन । 
कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका पुर्व केन्द्रीय सदस्य स्व. दुर्गादत्त आचार्यको स्मृतिमा स्थापित अक्षयकोषबाट सामुदायिक विद्यालयमा अध्ययनरत चार जना विद्यार्थीका लागि शैक्षिक सामाग्री वितरण गरिएको छ । 
कार्यक्रम जिल्ला अध्यक्ष ईश्वरठाकुर पौडेलको अध्यक्षता उपाध्यक्ष पिंगला जिसीको स्वागत र सचिव कुमार प्रसाद उपाध्यायको संचालनमा सम्पन्न भएको हो ।
अध्यक्षमा पुन ः पौडेल 
अधिवेशनबाट जिल्ला अध्यक्षमा पुनः ईश्वरठाकुर पौडेल निर्वाचित भएका छन । पौडेल सर्वसम्मत निर्वाचत भएका हुन । 
जिल्ला कार्यसमितिको उपाध्यक्ष खुल्लामा कुमार प्रसाद उपाध्याय, महिला उपाध्यक्षमा टिका घर्ति मगर, उपाध्यक्ष सेवामा चन्द्रराज रेग्मी, उपाध्यक्ष अनौपचारिक तथा स्वरोजगारमा क्षेत्रमा तुलसीराम सापकोटा निर्वाचित भएको निर्वाचन अधिकृत भुमिश्वर गौतमले जानकारी दिए । समितिको सचिवमा विरबहादुर किसान, कोषाध्यक्षमा दयाराम रिजाल, सह सचिवमा शिव बहादुर केसी सह–कोषाध्यक्षमा अम्बिका गिरी, सदस्यहरुमा बलराम अधिकारी, दिपा तिवारी र अञ्जु रिजाल रहेका छन । अधिवेशनले राष्ट्रिय तथा प्रदेश प्रतिनिधि पनि चयन गरेको छ । राष्ट्रिय प्रतिनिधिमा उमाकान्त पौडेल, कल्पना खरेल रहेका छन भने प्रदेश प्रतिनिधिमा दिलबहादुर पराजुली, गणेशराज लम्साल, फुलप्रसाद सापकोटा, चन्द्रबहादुर खत्री, देवप्रकाश घिमिरे, नन्दकुमारी ठकुरी र माया शर्मा चालिसे रहेको निर्वाचत अधिकृत शर्माले जानकारी दिए ।
 

प्रतिक्रिया