नेपाली काँग्रेस जैमिनीको नवनिर्वाचित कार्यसमितिलाई पदस्थापन

  • असोज १६, २०७८

बागलुङ- नेपाली काँग्रेस जैमिनी नगरपालिकाको नवनिर्वाचिन कार्यसमितिलाई पदस्थापन गरिएको छ । शनिबार निवर्तमान सभापति काशिराम आचार्यले नवनिर्वाचित सभापति प्रेम सापकोटालाई जिम्मेवारी हस्तान्तरण गरेका छन ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका जिल्ला पुर्व जिल्ला सभापति हरिप्रसाद श्रेष्ठले अधिवेशनको समयमा दुई समुह भएर निर्वाचन भए पनि त्यो कुरा त्यही समयबाट भुलेर काँग्रेसलाई थप ससक्त बनाउन दुवैजना लाग्नुपर्ने बताए । उनले संगठन बलियो बनाउनका लागि सवैको साथ अपरिहार्य रहेको बताए । 
कार्यक्रम नवनिर्वाचित सभापति प्रेम सापकोटाले निवर्तमान सभापतिले गरेका कामलाई निरन्तरता दिँदै जैमिनी नगरपालिकामा काँग्रेसको संगठनलाई थप जुझारु बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले सवै सँगको सहकार्यमा पार्टीलाई चलयमान गराउने बताए । 
कार्यक्रममा नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. १ (ख) का सभापति नारायण शर्मा पौडेल, जिल्ला सदस्य बसन्त कुमार श्रेष्ठ, महासमिति सदस्य कल्पना हमाल पाठक, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष एवं महाधिवेशन प्रतिनिधि उमाकान्त पौडेल, महाधिवेशन प्रतिनिधि पार्वती आचार्य, नेपाल महिला संघका जिल्ला अध्यक्ष शकुन्तला शर्मा नेपाल विद्यार्थी संघका जिल्ला सचिव श्रीकृष्ण पौडेल नेपाल प्रेस युनियनका जिल्ला सचिव नारायण रिजाल ट्रेड युनियन काँग्रेस बागलुङका अध्यक्ष इश्वरठाकुर पौडेल लगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । 
कार्यक्रम निवर्तमान सभापति काशिराम आचार्यको अध्यक्षता र सचिव पुरन श्रीषको संचालनमा सम्पन्न भएको थियो । 
 

प्रतिक्रिया