बागलुङ - संविधान दिवसको अवसरमा उच्च अदालत बार इकाई बागलुङले धौलागिरि प्रादेशिक अस्पतालका बिरामीलाई फलफूल बितरण गरेको छ ।
संविधान दिवस मूल समारोह समितिले तीन दिनसम्म दिवश मनाउने निर्णय गरेअनुसार बारले फलफूल बितरण गरेको हो । सो अवसरमा मूल समारोह समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु तय गरिएको बताए ।
२०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको हो । कार्यक्रममा नागरिकको स्वास्थ्यको अधिकारलाई संविधानले सम्बोधन गरेकाले ती बिषयमा सरोकारवालाले कार्यान्वयनको क्षेत्र हेर्नुपर्ने बताए ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.किरण तिवारीले अस्पतालले दिएको सेवाबारे जानकारी दिए । उच्च अदालत बार इकाई बागलुङकी अध्यक्ष गीता श्रीषको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।