बागलुङ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापाले पत्रकारिता क्षेत्रले उठाउने विषय विश्वसनिय हुनुपर्ने बताएका छन । नेपाल प्रेस युनियन बागलुङका २३ औं साधारण सभा तथा आठौं अधिवेशनको उद्घाटन गर्दै सो कुरा बताएका हुन । उनले पछिल्लो समयमा बढ्दो सामाजिक सञ्जालको प्रयोग सँगै भ्रामक गतिविधि बढ्दै गएका कारण पत्रकारिता क्षेत्र पनि त्यसैको सिकार बन्न पुगेको बताए । थापाले लोकतन्त्रलाई जीवन्त बनाउन संसद्ले भन्दा ठूलो काम पत्रकारले गर्न सक्ने हुँदा सत्य र तथ्यमा आधारित रहेर कलम चलाउनुपर्ने बताए । उनले मुलुक परिवर्तनमा पत्रकारले महत्वपूर्ण योगदान पु¥याएको बताए । पत्रकारले सरकारले गरेका काम जनतासँग पु¥याउने र जनताका समस्या सरकारसँग पु¥याउने पुलको काम गरेको उनको भनाई छ । थापाले पछिल्लो समयमा युटुबे पत्रकारका कारण बास्तविक पत्रकारलाई नै प्रश्न चिन्ह पैदा भएकोमा दुःख व्यक्त गरे ।
प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले अहिले पत्रकार महासंघमा भइरहेको शुद्धीकरणको अभियान युनियनले सुरुवात गरेको बताए । युनियनले लामो समयदेखि श्रमजीवि पत्रकारको हितका काम गर्दै आएको भन्दै अब पत्रकार उत्पादनमा लाग्नका निम्ती प्रेस युनियनले यो वर्षलाई तालिम वर्षको रुपमा मनाउन लगाएको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस बागलुङका सभापति एवं गण्डकी प्रदेश सभा सदस्य जित शेरचन, नेपाल प्रेस युनियनका केन्द्रीय महासचिव दिलिप पौडेल गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदी, प्रेस युनियनका पूर्व उपाध्यक्ष एवं नेपाली काँग्रेस गण्डकी प्रदेशका प्रचार विभाग प्रमुख रमेश पौडेल, पत्रकार महासंघका केन्द्रीय सदस्य छविलाल तिवारी, नेपाली कांग्रेस बागलुङका पूर्व उपसभापति जगदिशचन्द्र उपाध्याय, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष नरेश कँडेल, प्रेस युनियनका केन्द्रीय सदस्य साजन परियार, महाधिवेशन प्रतिनिधि पार्वती आचार्य नेपाल महिला संघका जिल्ला अध्यक्ष शकुन्तला शर्मा, नेपाल स्वास्थ्यकर्मीसघ गण्डकी प्रदेशका कार्यवाहक अध्यक्ष देवप्रकाश घिमिरे, नेपाल पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, रेडक्रम सोसाइटी बागलुङका उपसभापति सीता शर्मा लगायतले बोलेका थिए ।
कार्यक्रम प्रेस युनियन बागलुङका अध्यक्ष प्रदीप पन्तको अध्यक्षता, उपाध्यक्ष संगम घर्ती मगरको स्वागत र सचिव नारायण रिजालको संचालनमा सम्पन्न भएको थियो ।