नेपाल भूपू सैनिक संघको स्थापना दिवसमा फलफुल वितरण 

  • जेठ २४, २०८२

बागलुङ-  नेपाली काँग्रेसको भातृ संस्था नेपाल भूतपूर्व सैनिक संघको ३५ औं स्थापना दिवसमा फलफुल वितरण गरिएको छ । शुक्रबार संघको स्थापना दिवस पारेर धौलागिरि प्रादेशिक अस्पताल बागलुङका विरामीको स्वास्थ्य लाभको कामना गर्दै फलफुल वितरण गरिएको हो । फलफुल वितरण कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले नेपाली काँग्रेसको सबैभन्दा चुस्त र चलायमान भातृ संस्थाको रुपमा नेपाल भूतपूर्व सैनिक संघ भएको बताए ।
 ‘नेपाली काँग्रेसको धेरै भातृ संस्थाहरु सही ढंगबाट चल्न सकिरहेको छैन, तदर्थ समितिले काम गरिरहेको छ,’उनले भने,‘नेपाल भूतपूर्व सैनिक संघ नै यस्तो संस्था हो जसले समयमै अधिवेसन गर्ने र विभिन्न समस्या र अप्ठ्याराहरुमा चलायमान भएर लाग्ने गरेको छ ।’ लामो समय सैन्य जीवन बिताएर फर्किका भूपूहरुबाट पार्टीले पनि अनुशासन सिक्नुपर्ने उनले बताए । ‘म त भूपू सैनिकहरुको छत्रछाँयामै हुर्किए जसका कारण फलामे अनुसासन सिक्न पनि पाईयो,’उनले भने,‘पार्टीले पनि यसबाट पाठ सिक्नुपर्छ । अनुसासन विना संगठन चल्दैन ।’
 उनले सैन्य जीवनमा योगदान गरेर समाजमा योगदान गर्नका लागि संगठित भूपूहरुले रिटायर बट नट टायर्ड भन्ने सिद्धान्तलाई बढावा दिएको बताए । नेपाल भूतपूर्व सैनिक संघ बागलुङका सभापति हरिबहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस बागलुङका जिल्ला सदस्य टिकाराम थापाले गरेका थिए । 

प्रतिक्रिया