बागलुङ– गण्डकी प्रदेश सरकारमा शुक्रबार ४ मन्त्रीले पद तथा गोपनियताको शपथ लिए । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली काँग्रेसबाट ३ जना र नेकपा माओबादी केन्द्रका १ जनालाई मन्त्रीमा नियुक्ती गरे । काँग्रेसका ३ जना मध्ये नवलपरासीका महेन्द्रध्वज जिसी, बागलुङका दिपेन्द्र बहादुर थापा, र तनहुँका जीतप्रकाश आले रहेका छन । जिसी कृषि तथा भूमि व्यवस्था, थापा उद्योग, पर्यटन, वन तथा वातावरण र आलेले आर्थिक मामिला मन्त्रीको जिम्मेवारी पाएका छन । माओबादी केन्द्रका रेशम बहादुर जुग्जाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था बने । नवनियुक्त मन्त्रीहरुलाई गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् । यस अघि नै मुख्यमन्त्री पाण्डे सँगै काँग्रेसका सरस्वती अर्याल तिवारी र माओबादीका सुशिला सिंखडा विना विभागिय मन्त्री भएका थिए । अर्याललाई उर्जा जलश्रोत तथा खानेपानी र सिंखडालाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी तोएिको छ ।
नवनियुक्त उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका जिम्मेवारी पाएका दिपेन्द्र बहादुर थापा कामले काजी भन्नुपर्छ मान्यताका हुन । उनले हरेक कार्यक्रममा आफ्नो जिम्मेवारीमा रहेको काम राम्रो सँग सम्पादन गर्नुपर्छ भन्ने कुरा स्पष्ट राख्छन । पार्टी संगठन र अन्य संघ संस्थामा तल्लो तहदेखी नै नेतृत्व समाल्दै निखारिँदै आएका थापा विकास प्रेमी नेताको रुपमा चिनिन्छन ।
२०२२ साल फागुन २२ गते बागलुङ नगरपालिका–११ रायडाँडामा जन्मिएका थापा बागलुङ क्षेन नं. १ प्रदेश सभा (१) मा नेपाली काँग्रेसको उम्मेदवार भएर प्रत्यक्ष तर्फ निर्वाचन जितेका हुन । आफ्नो माध्यामिक तहको अध्ययन जैमिनी नगरपालिका–४ मा रहेका जनता मावि सर्कुवामा पुरा गरेका थापा विद्यालय तह देखी नै सामाजिक कार्यमा निकै सक्रिय हुन । थापाले २०३५ सालमा सर्कुवा माविमा नेपाल विद्यार्थी संघको सदस्यता लिएका थिए । २०३६ सालको जनमत संग्रह र २०४२ सालको सत्याग्रहमा बहुदलको पक्षमा वकालत गर्दै गर्दा थापा त्यो बेला वारेण्टमा परेका थिए । २०३९ साल देखी महाविद्याजन मावि रायडाँडामा शिक्षक रहेर काम गरेका थापा बहुदल आए सँगै काँग्रेसको मुल राजनितिमा होमिए । उनि २०४३ सालमा घरको नजिकै रहेको विद्यालयमा हुँदा खादाको शिक्षकको जागिरै छाडेर २०४६ सालको जनआन्दोलनमा सक्रिय भुमिका खेले ।
थापा २०४७ सालमा अन्तरिम गाविस अध्यक्ष हुँदै २०५४ सालको निर्वाचनमा तत्कालिन रायडाँडा गाविसको अध्यक्षमा निर्विरोध निर्वाचित भए । विकट गाउँ रायडाँडाको विकासमा अग्रणी भुमिका खेलका थापा तत्कालिन दमेक, कुश्मिसेरा रायडाँडा कलस्टरमा काँग्रेसको कार्यबहाक अध्यक्ष भएर काम गरेका थिए । उनी २०५९ सालमा नेपाली काँग्रेसको जिल्ला सचिव भए भने २०६२÷०६३ सालको जनआन्दोलनमा पनि महत्वपुर्ण भुमिका खेलेका थिए । २०७२ मा जिल्ला सभापति भएर काँग्रेसको जिल्ला नेतृत्व हाक्दै गरेका थापा २०७४ को प्रदेश सभा निर्वाचनमा काँग्रेसको तर्फबाट बागलुङ क्षेत्र नं. १ प्रदेश (१) मा उम्मेदवार भएका थिए । त्यो बेला नेकपा एमालेका इन्द्रलाल सापकोटा सँग पराजय भोगे तर उनि पछाडी हटेन झनै पार्टीको सगठन निर्माण र आम जनता माझ पुगि रहे । पहिलो प्रयासमा असफल भएका थापा हरेक गाउँ र टोलको विकास र जनताको आवश्यकता बुझेका पुन गत निर्वाचनमा उम्मेदवार भए उनि दोस्रो प्रयासमा संसदिय यात्रा तय भए प्रदेश सरकारको मन्त्री नै पड्काए । काँग्रेस भित्र पनि पार्टी सभापति शेरबहादुर देउवा समुहबाट चिनिएका थापा धौलागिरी क्षेत्रमा देउवाको विश्वास पात्रको रुपमा रहेका छन ।
विभिन्न सामाजिक संस्थामा समेत सक्रिय थापा बागलुङ जिल्ला सँगै धौलागिरी क्षेत्रको विकासका निम्ती अग्रणी भुमिका खेलेका छन । सरल स्वभाव र स्पष्ट बत्ताको रुपमा परिचित थापालाई अन्य राजनितिक दलका नेता कार्यकर्ताले पनि निकै मन पराउँछन ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाए सँगै थापा यस क्षेत्रमा पनि अनुभवी छन । उनी लामो समय बागलुङको ऐतिहासिक धार्मिक पर्यटकिय क्षेत्र भैरवस्थान मन्दिरको व्यवस्थापन समितिको अध्यक्ष समेत भएर काम गरे । उनले मन्दिरको विकासका निम्ती गुरुयोजना नै बनाएर अगाडी बढेका हुन थापाकै कार्यकालमा मन्दिरको पुर्वाधार निर्माणका काम गरी थप व्यवस्थित गराईएको छ । मन्त्रालयको कार्यक्षेत्रलाई राम्रो सँग बुझेका थापालाई अझै काम गर्न सहज पनि हुने देखिएको छ । उसो त गण्डकी प्रदेशमा बागलुङले यही मन्त्रालय नै प्रतिनिधित्व गरेको छ यस अघि पनि काँग्रेसकै मणिभद्र शर्मा कंडेलले यसै मन्त्रालय समालेका थिए । गण्डकी प्रदेश उद्योग पर्यटनको प्रचुर सम्भावना भएका क्षेत्र भएका कारण पनि यस मन्त्रालयमा काम गर्न सके जस मिल्ने जानकारहरु बताउँछन ।
आफु पदमा हुँदा वा नहुँदा जहिले पनि विकासका निम्ती निरन्तर लाग्ने यसपाली थप जिम्मेवारीमा पुगेका छन । आफुले पूरा गर्नै नसक्ने एजेन्डा, झुटा आश्वासन दिन नहुने र सम्भावनाका आधारमा प्राथमिकता अनुसार काम गर्नुपर्ने धारणा राख्ने थापा काम गरेर काजी बन्नुपर्छ भन्ने मान्यता राख्दै आएका छन । अरुलाई कामले काजी बन्नुपर्छ भन्ने थापा अब आफु नै कसरी काजी बन्नेछन त त्यो भने हेर्न बाँकी नै छ ।