बडिगाडमा पहिरो अपडेट :  मृत्यु हुनेको संख्या ८ पुग्यो ४ जना घाईते

  • साउन २२, २०८१

बागलुङ -     सोमबार राति देखी आएको अविरल वर्षाका कारण पहिरो जाँदा बागलुङमा ८ जनाको मृत्यु भएको छ । जिल्लाको बाडिगाड गाउँपालिका—९ बलघाँस भन्ने ठाउँमा घरमाथिबाट आएको पहिरोमा पुरिएर स्थानिय १५ बर्षिया विधान परियार र २४ बर्षिय गंगा बस्नेको मृत्यु भएको छ । त्यसैगरी बडिगाड गाउँपालिकाकै वडा नं. १० को आरुपाटा भन्ने स्थानमा जोगलाल बुढाको घर माथिबाट आएको पहिरोमा परि ६ जनाको मृत्यु भएको बडिगाड गाउँपाकिला अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिईन । 
पहिरोमा परि मृत्यु हुनेमा अधिकांश बालबालिका रहेका छन् । बडिगाड गाउँपालिका—१० वडा अध्यक्ष विरेन्द्र बुढाका अनुसार पहिरोमा परि मृत्यु हुनेमा ७ बर्षिया मालती बुढा र मधु बुढा, स्थानिय सन्जु वि.क. ६ महिनाको छोरी, १२ बार्षिय मनोज बुढा अर्को १२ बर्षकै अमन बुढा र ५९ की मैतीदेवी बि.क रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरिक्षक विजय यादवले जानकारी दिए । पहिरोका कारण चार जना घाईते भएका छन  भने २ जना बेपत्ता भएका छन । घाईते हुनेमा स्थानिय ४६ बार्षिय संगिता बुढा, ५९ बर्षिय सुमित्रा विक ३२ बर्षिय सिता थापा र ४२ बार्षिय मंगल सिंह बुढा रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा केही समय अगाडी मात्र प्रहरी र जनप्रतिनिधि पुगेको बताईएको छ । घाईतेको नेपाली सेनाको हेलिप्टरबाट उपचारका लागि काठमाण्डौ लैजाने तयारी भएको गाउँपालिका अध्यक्ष अधिकारीले जानकारी दिईन । वर्षाका कारण घटनास्थल पुग्ने सडकहरु अवरुद्ध हुँदा उदरमा पनि कठिनाई भएको अध्यक्ष अधिकारीले बताईन । 
 

प्रतिक्रिया