मेलमिलापको असल अभ्यासका लागि आमा समुहसँग सम्वाद

  • असार १४, २०८२

बागलङ -  मध्य असारको दिन घरको काम काज छाडेर जैमिनी नगरपालिका–७ की ७२ बर्षिया कलावती राना शनिबार जैमिनी नगरपालिकाको सभाहल कुश्मिसेरा पुगिन । कलावती स्थानिय दिपज्योती आमा समुहकी अध्यक्ष समेत हुन । नगरपालिकाको न्यायिक समितिले आयोजना गरेको मेलमिलापको असल अभ्यासका लागि आमा समुह सम्मेलन तथा संवाद कार्यक्रममा कलावती जस्तै जैमिनीका सवै वडाबाट विभिन्न  आमा समुहका अध्यक्ष तथा पदाधिकारीहरु सहभागी थिए । 
कार्यक्रममा समाजमा हुने विवादलाई समाजमा नै समाधान गर्ने उपाय, महिलाका हक अधिकार र  कानुनका बारेमा उनि प्रष्ट भईन । यसका साथै महिलाको प्रजजन अधिकार, आमा र बच्चाको सुरक्षाका बारेमा पनि उनि जानकार भईन । कलावती मात्र हैन जैमिनी नगरपालिका–१ की सिता सापकोटाले पनि आफुले कानुन सम्बन्धी धेरै कुरा थाहा भएको बताईन । उनले समाजमा सामान्य विवाद भएमा समाजबाट नै यसको समाधानको उपाय खोज्नुपर्ने कुरामा प्रष्ट भएको बताईन । समाजमा कुनै विवादको विषय उठेमा कसरी यसलाई मेलमिलापको माध्यमबाट समाधानको उपाय खोज्ने विषयमा कार्यक्रममा सहभागी भएका महिलाहरु जानकार भएको सापकोटा बताउँछिन । 
जैमिनी नगरपालिका न्यायिक समितिले समाजमा हुने सामान्य बादविवादलाई मेलमिलापको माध्यमबाट समाजमा नै समाधान गर्ने उद्देश्यका साथ आमा समुहको सम्मेलन तथा उनिहरुसँग संवाद गरेको हो । 
नगरपालिकाले हरेक टोल र समुदायमा न्ययिक सचेतनाका निम्ती यस्ता कार्यक्रमहरु नियमित संचालन गर्दै आएको न्यायिक समितिका संयोजक एंव उपप्रमुख हरिहर शर्माले बताउँछन । ‘जैमिनी नगरपालिकाले हरेक समाज विवाद रहित समाज निर्माणको पक्षमा छ । आम नागरिकलाई कानुनका बारेमा थाहा पाउन पनि जरुरी छ, नगर उपप्रमुख शर्माले भने,–‘समुदायमा आमा समुहको मुख्य भुमिका हुन्छ । उनिहरुलाई समाजलाई कसरी विवाद रहित बनाउनुपर्छ भन्ने कुरा थाहा पाउन जरुरी पनि छ । शान्ति, मेलमिलाप कायम गर्दै विवादहरु स्थानीय स्तरमा नै समाधान गरि समाजमा सामाजिक सदभाव र दिगो अमनचयन कायम गर्न गराउन कार्यक्रम आयोजना गरिएको हो । आगामी दिनमा अझै प्रभावकारी कार्यक्रम संचालन गर्नेछौं । उनले समाजमा रहेका हरेक नागरिकले सामान्य कानुनको विषयमा जानकारी भयो भने समाजबाट विवादको समाधान भएर आउनेमा आफु विश्वस्त रहेको बताए । 
कार्यक्रममा बोल्दै उच्च अदालत पोखरा बागलुङ इजलासका मुख्य न्यायधिस  नातिवावु लामिछानेले समाजका हरेक नागरिकले कानुनको बारेमा थाहा पाउनुपर्ने बताए । उनले समाजमा हुने समान्य विवादलाई मेलमिलाप मार्फत यही मिलाउने बातावराण समाजले नै गर्नुपर्नेमा जोड दिए । लामिछानेले कानुनका बारेमा थाहा नहुँदा नजान्दा हुने गल्तीलाई कानुनले उन्मुक्ती नदिने  हुँदा आफुले गर्न हुने र नहुने कुरामा प्रस्त हुन सवै जरुरी रहेको बताए ।  
सम्मेलनले ११ बुँदे मेलमिलापको असल अभ्यासका लागि जैमिनी घोषणा पत्र सार्वजनिक गरेको छ । घोषणा पत्रमा नगरपालिकोका न्यायिक समितिको न्याय सम्पादन र विवाद निरुपणका लागि मेलमिलापलाई प्रभावकारी बनाउन आमा समुहको सशक्तीकरण तथा संस्थागत सुदृढिकरण गर्न प्रतिवद्ध रहेन उल्लेख गरिएको छ ।  नगरपालिका भित्रका सवै आमा समुहरुका अनुभवहरुलाई मेलमिलाप र स्थानिय विवाद समाधानका लागि ग्रहण गर्ने लगायतका विषय पनि समेटिएका छन । 
त्यस्तै आपसी मेलमिलाप, समन्वय र सहयोगका माध्यामबाट समूह, समुदाय र समाज परिचालन गरि नगरपालिकाको समग्र विकास निर्माण कार्यहरुमा सहभागि हुने ।  समुदाय स्तरमा हुने लागुऔषधको प्रयोग, जुवातास, मादकपदार्थ सेवन, बाल विवाह, बहुविवाह, दाइजो प्रथा र जातिय भेदभाव जस्ता दूर्वयसन एवम् सामाजिक कुरीतिहरु नियन्त्रणका लागि परिचालित भई चेतनामूलक कार्यक्रमहरु संचालन गर्ने र सोको न्युनिकरणका लागि सहजिकरण गर्न भूमिका निर्वाह गर्ने जस्ता विषयहरु घोषणा पत्रमा उल्लेख गरिएको उपप्रमुख शर्माले जानकारी दिए । 

May be an image of one or more people
कार्यक्रममा जैमिनी नगरपालिकाका नगरप्रमुख नरबहादुर पुन, बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, प्रमुख प्रशासकिय अधिकृत श्रीकृष्ण पौडेल लगायतले विवाद निरुपणका निम्ती आमा समुहको मुख्य भुमिका हुने बताएका थिए । 
कार्यक्रमको बरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र राष्ट्रिय मेलमिलापकर्ता एवं अधिवक्त गिता श्रीषले सहजीकरण गरेका थिए 
कार्यक्रम जैमिनी नगरपालिकाका उपप्रमख एवं न्यायिक समितिका संयोजक हरिहर शर्माको अध्यक्षता सदस्य चित्र चापागाईको स्वागत र पत्रकार उषा पौडेलको संचालनमा सम्पन्न भएको थियो । 

 
 

प्रतिक्रिया