बागलुङमा जिप दुर्घटना २ जनाको मृत्यु १४ जना घाईते

  • जेठ ३०, २०८२

बागलुङ ! बागलुङको पश्चिम ढोरपाटन नगरपालिकामा पिक अप जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १४ जना घाईते भएका छन । ढोरपाटन सालझण्डी सडक खण्ड अन्तरगत ढोरपाटन नगरपालिका– ५ बतासेडाँडा भन्ने स्थानमा लु.प्र. ०१–००१ च १७७५ नं. को जिप साँझ सवा ५ बजेको समयमा दुर्घटना भएको हो । बुर्तिबाङ बजार देखी सहिखोला तर्फ जाँदै गरेको जिप सडक देखी अन्दाजी ५०÷६० मिटर तल  खसेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब निरिक्षक केशव थापाले जानकारी दिए । जिपमा जम्मा चालक सहित १६ जना सवार रहेको बताईएको छ । घाईते मध्य २ जनाको अवस्था सिरियस र ९ जनाको अवस्था मध्यम साथै १ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 
दुर्घटनामा परि मृत्यु हुने र घाईतेको पहिचान भने खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटनाबाट थप अनुसन्धान भै रहेको छ । घाईतेको उद्धारका निम्ती इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोली समेत घटनास्थलमा पुगि सकेको छ ।

प्रतिक्रिया