बागलुङ / बागलुङ निर्वाचन क्षेत्र न. १ का संघीय सांसद एवं राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्र बहादुर केसील अघिल्लो निर्वाचनको चुनावी खर्च सार्वजनिक गरेका छन ।
राष्ट्रिय जनमोर्चा बागलुङले आईतबार पत्रकार सम्मेल मार्फत गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा केसीले गरेको निर्वाचन खर्च सार्वजनिक गरेको हो । निर्वाचनमा कुल १८ लाख १४ हजार रुपैयाँ खर्च भएको केसीका निर्वाचन प्रतिनिधि थानेश्वर सुवेदीले जानकारी दिए ।
निर्वाचन प्रतिनिधि परिचालन खर्चमा २ लाख ५० हजार, प्रचार प्रसारका क्रममा सवारी साधन भाडा तथा इन्धनमा ८ लाख ६० हजार, कार्यालय सञ्चालनमा २ लाख, मतदाता नामावली खरिद, छपाई र फोटो कपीमा ९० हजार रुपैयाँ खर्च भएको सुवेदीले जानकारी दिए ।
सामाग्री ढुवानीमा २० हजार, विद्युतिय तथा छापा प्रचार प्रसारमा ४० हजार, सामाजिक सञ्जालमा १० हजार र बिबिध तर्फ १ लाख ३४ हजार रुपैयाँ गरि १८ लाख १४ हजार रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरिएको छ । सुवेदीले निर्वाचन ऐन २०७४ को दफा ७२ र निर्वाचन निर्देशिका २०७९को दफा ८० बमोजिम सोही खर्च विवरण निर्वाचन आयोगमा बुझाईएको बताए ।