• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • बागलुङ ,
  • स्थानीय सरकार

पहिरोले अवरुद्ध कालिगण्डकी करिडोर खुल्यो

  • साउन २७, २०८२

बागलुङ - पहिरोका कारण शनिबार देखी अवरुद्ध कालिगण्डकी करिडोर सडक बागलुङ खण्ड मंगलबार विहान देखी नियमित संचालनमा आएको छ । 
करिडोरको बागलुङ–बलेवा खण्ड अन्तरगतको बागलुङ नगरपालिका–१३ पैयुँपाटा कालाखोलामा माथिबाट आएको चट्टान सहितको पहिराले सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो । अवरुद्ध सडक खुलाउन आईतबार विहानै प्रयास गरिए पनि ठुलो पहिरो रहेका कारण सोमबार बेलुका मात्र एक तर्फी रुपमा सडक संचालनमा आएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक केशव थापाले जानकारी दिए । 
‘सोमबार साँझ एकतर्फी रुपमा सडक संचालनमा आएको थियो, पछि फेरी ट्रक फसेपछि रोकियो प्रहरी निरिक्षक थापाले भने,–‘पुन स्काभेटरको सहयोगले ट्रक निकालेपछि अहिले मंगलबार विहानदेखी एकतर्फी रुपमा नियमित रुपमा यातायात संचालनमा आएका छन, पुरानो सडक पूर्ण रुपमा पुरिएको कडा चट्टान र नयाँ ट्रयक खोल्नुपर्ने भएका कारण सडक संचालन गर्न  दुई वाट स्काभेटरलाई दूई दिन लाग्यो ।’
सडक कालिगण्डकी आयोजना र निर्माण कम्पनीसँग समन्वय गरेर संचालनमा ल्याईएको थियो । साँघुरो सडक भएका कारण ठुला यातायाताका साधन फस्ने सम्भावना बढि रहेको छ । 
सडक अवरुद्ध हुँदा दक्षिण बागलुङको सिधा यातायात टुटेको थियो । बलेवा क्षेत्र, जैमिनी र बरेङ बाट सदरमुकाम आउने यातायातका साधन ठप्प भएका थिए । करिडोरको यस खण्डमा दब्लाङको पहिरोले पनि समय समयमा सताउँदै आएको छ  । 
 

प्रतिक्रिया