विपी स्मृति दिवसका बागलुङ काँग्रेसद्वारा बृक्षारोपण

  • साउन ६, २०८२

पंकज पौडेल–बागलुङ ! नेपाली काँग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको ४३औँ स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस जिल्ला कार्यसमिति बागलुङले बृक्षारोपण गरेको छ ।
बागलुङ नगरपालिका–९ तित्याङ्को शिवालय मन्दिर परिसरमा धार्मिक महत्व बोकेका, बर, पिपल, स्वामी, धुपी, रुद्राक्ष, बेलपत्र लगायतका विरुवाहरु रोपिएको नेपाली काँग्रेस बागलुङका सचिव हरिहर शर्माले जानकारी दिए । 
बृक्षारोपण कार्यक्रम शुभारम्भ गर्दै  नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सभा सदस्य चम्पादेवी खड्काले विपिले देखाएको त्याग र निष्ठाको मार्गलाई नेता कार्यकर्ता सबैले अबलम्बन गर्न सके काँग्रेसलाई कसैले पछि पार्न नसक्ने बनाईन । उनले विपिले प्रतिपादन गरेका सिद्धान्तलाई सवैले आत्मसाथ गर्नुपर्नेमा जोड दिईन । ‘पछिल्ला दिनहरुमा काँग्रेस भित्र नै केही आन्तरिक असहमतीहरु देखिएका छन, यसलाई छलफल गरेर समाधानको बाटो खोज्न जरुरी रहेको छ ।, खड्काले भनिन्–“पार्टी भित्र सवै नेता कार्यकर्ता समिक्षा गरेर पार्टीलाई एक गराएर अगाडी बढाउनुपर्छ । अहिले नै हामी सुधारिएर अगाडी बढ्न सकेनौ भने आउँदा दिनहरुमा पार्टी संगठन संकट पैदा पनि हुन सक्छ” खड्काले पार्टीका संस्थापक स्वर्गिय नेता विपि कोइराला राजनिति मात्र नभएर नेपाली साहित्यका एक अथक यौद्धा भएको बताईन । 
नेपाली काँग्रेस बागलुङका पूर्वसभापति एवं संविधान सभा सदस्य प्रकाश शर्मा पौडेल, पूर्व सभापति एवं गण्डकी प्रदेश सभा सदस्य दिपेन्द्रबहादुर थापा, महासमिती सदस्य जगदिशचन्द्र उपाध्याय,काँग्रेस गण्डकी प्रदेश सदस्य पार्वती आचार्य, शकुन्तला शर्मा, कल्पना हमाल पाठक, काँग्रेस बागलुङ जिल्ला कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु,  विभिन्न भातृ एवं सुवेक्षुक संस्थाका प्रमुख एवं प्रतिनिधि, जनप्रतिनिधि, लगायतका नेताहरुले बृक्षारोपणमा सरिक भएका थिए । उनिहरुले हरेक वर्ष विरुवा रोपिएको र यसको संरक्षणमा पनि पार्टीले ध्यान दिनुपर्ने बताएका थिए । 
कार्यक्रम नेपाली काँग्रेस बागलुङका सभापति जीतबहादुर शेरचनको अध्यक्षता, क्षेत्र नं. १ का क्षेत्रीय सभापति चण्डीप्रसाद शर्मा पौडेलको स्वागत र सचिव हरिहर शर्माको संचालनमा सम्पन्न भएको थियो । 

दिवसकै अवसरमा बागलुङ नगरपालिका वडा नं. १ मा रहेको विपिस्मृति पार्कका विरुवाहरुको पनि गोडमेल गरिएको थियो ।  
 

प्रतिक्रिया