काँग्रेस बागलुङ नगरको कोषाध्यक्षमा पार्वती अधिकारी

  • साउन २३, २०८०

बागलुङ । नेपाली काँग्रेस बागलुङ नगरपालिकाको नगर कार्यसमितिको कोषाध्यक्षमा पार्वती अधिकारीलाई मनोनित गरिएको छ । नगर सभापति उमाकान्त शर्मा ‘बाबु’ले अधिकारीलाई कोषाध्यक्षमा मनोनित गरेका हुन । मंगलबार बसेको नगर कार्यसमितिको बैठकले अधिकारीलाई कोषाध्यषमा मनोनित गर्ने निर्णय गरेको हो । नेपाली काँग्रेसको विधान दशौं संशोधन २०७८ बमोजिम निर्वाचित सदस्यलाई कोषाध्यक्षमा मनोनित गर्ने प्रावधान रहेको छ । सोही अनुसार अधिकारीलाई कोषाध्यक्षमा मनोनित गरिएको नगरसभापति शर्माले जानकारी दिए ।  
नगर कार्यसमिति बैठकले सभापति उमाकान्त शर्मा बाबुको संयोजकत्वमा १२ सदस्यीय कार्यसम्पादन समिति समेत गठन गरेको छ ।  कार्यसम्पादन समितिको सदस्यमा पदाधिकारीहरु उपसभापती नारायण पौडेल, प्रदिप गौतम सचिव आशिक राजभण्डारी, कृष्ण शर्मा, सहसचिव प्रकाश किसान, सञ्जय पौडेल कोषाध्यक्ष पार्वती अधिकारी, सदस्यहरु सुदिप राजभण्डारी, विष्णु लम्साल, सन्तोष कुँवर (विजेन्द्र) र मेघा थापालाई मनोनित गरिएको हो । काँग्रेसको विधानमा नगरपालिका तहमा १२ जनाको कार्यसम्पादन समिति हुने हुँदा सोही अनुसार सभापतिको प्रस्तावमा कार्यसम्पादन समिति निर्माण गरिएको सचिव कृष्ण शर्माले जानकारी दिए । समावेशी सिद्धान्त समेतलाई ध्यानमा राखी सवै क्षेत्रलाई समेटेर कार्यसम्पादन समिति बनाएको नगर समितिले जनाएको छ । 
बैठकले यही साउन २७ गते शनिबार बागलुङ नगरपालिका–१३ पैयुँपाटामा नगर सम्मेलनको गर्ने निर्णय गरेको छ । जसमा लागि जिम्मेवारी समेत बाँडफाड गरिएको सचिव आशिक राजभण्डारीले बताए ।  सम्मेलनमा सवै वडा तहका क्षेत्रीय प्रतिनिधि, सभापति वडा पदाधिकारी एवं सदस्य र भातृ तथा सुभेच्छुक संघ संस्थाका सवै प्रतिनिधि क्रियाशिल सदस्य नेता तथा कार्यकर्तालाई आमन्त्रण गरिएको छ । बागलुङ काँग्रेसको सवै तहको सम्मेलनको मिति तय गरेको छ । सोही अनुसार नगरसमितिले पनि सम्मेलनको तयारी गरेको हो ।

प्रतिक्रिया